• Ad

Samadhan National Daily

  • Ad

प्रदेश सभामा खतरा डाइलगः ‘ओलीजी हिट होस्, लड्डु चढाउँछु’

पोखरा, ७ बैशाख:

‘मैले अत्यन्तै आदर गर्ने केपी ओलीज्यू राजनीतिमा जस्तै अभिनय जगतमा समेत शीर्षमा पुग्न सकुन्, राजेश हमाल र भुवन केसीभन्दा ठूलो सफल हिरो हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, प्रदेश सभामा कांग्रेस सांसद कुमार खड्काले ओलीलाई व्यंग्य गर्दै भने, ‘उहाँको प्रशंसक भएको हुँदा उहाँको अभिनय यात्रा सफल र ‘रातो सूर्य’ फिल्म सुपर डुपर हिट होस् भनेर माता विन्ध्यवासिनीसँग ४ किलो लड्डु चढाउने भाकल समेत गरेको छु ।’

प्रदेश सभा बैठकमा सांसद खड्काले बिहीबार विशेष समयमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको व्यंग्यले चर्चा पायो । सांसद खड्काले रारातालबाट गरेको सम्बोधन र रारामा रातो सूर्य चलचित्रको छयांकनका लागि कार्यक्रम गरिएको खबर बाहिर आइरहेको भन्दै ओलीप्रति व्यंग्य गरे । ‘प्रधानमन्त्रीज्यूले नयाँ वर्षमा राराबाट गर्नुभएको सम्बोधन राष्ट्रहित, राष्ट्रिय कर्तव्य, पूरा गर्न नभई रातो सूर्य चलचित्रका लागि आवश्यक दृश्य संकलनका लाग गरिएको सुटिङ थियो भनेर समाचार संप्रेषण गरिएको छ,’ खड्काले भने ।

उच्च सुरक्षा घेरामा रहेका प्रधानमन्त्रीले राराको डिलबाट सम्बोधन गरिरहँदा अत्यन्तै अस्वाभाविक रुपमा रारा र प्रधानमन्त्रीको कुर्सीबीचबाट मानिसहरु हिँडिरहेको दृश्य फिल्मी भएको खड्काले आरोप लगाए । खड्काले ‘रातो सूर्य’कै सुटिङका लागि राराबाट सम्बोधन भएको हो वा होइन भन्ने विषयको जानकारी राष्ट्रलाई गराउन सभामुखमार्फत माग गरेका छन् । जनताले रगत र पसिना बगाएर कमाएको करबापत तिरेको पैसा व्यक्तिगत कार्यमा खर्च गरिएको हो भने जनतलाई ढाँटेर अर्कै प्रयोजनका लागि ढुकुटी रित्याइएको हो भने व्यक्तिगत महत्वाकांक्षा चिन्ताजनक भएको खड्काले बताए ।

‘सरकोकारवालालाई यसको सत्यतथ्य पत्ता लगाई राष्ट्रिय ढुकुटी दुरुपयोग भएको, नभएकोबारे राष्ट्रलाई जानकारी गराउन सभामुखमार्फत् आग्रह गर्दछु,’ खड्काले भने । बोल्न र भाषण गर्न माहिर मानिने खड्काले प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै विशेष समयमा लिखित भनाइ राखेका थिए । संसदमा बोल्ने अधिकांश सांसदले प्रदेशका समसामयिक विषयमाथि आफ्नो भनाइ राखिरहेका बेला खड्काले भने प्रधानमन्त्रीप्रति कडा व्यंग्य गरे ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad