• Ad

Samadhan National Daily

  • Ad

स्वास्थ्यः प्रतिगिलास वाइन/बियरले आधा घन्टाको दरले आयु घटाउँछ

पोखरा, ७ बैशाख:

हामीमध्ये केहिले हरेक साँझ एक गिलास रेड वाइन पिउँदा मुटु स्वस्थ हुन्छ भन्ने कुरामा विश्वास गर्छौ । तर, पछिल्लो अध्ययनले यो भनाइलाई गलत सावित गरेको छ ।

दैनिक सिफारिस गरिएको मात्राभन्दा बढी वाइन वा बियर पिए त्यसले प्रतिगिलास आधा घन्टाको दरले आयु घटाउने निष्कर्ष नयाँ अध्ययनले निकालेको हो ।

यो अध्ययन ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित छ । अध्ययनअनुसार प्रतिसाता ५ गिलास (प्रतिगिलास १ सय ७५ एमएल) वाइन अथवा २.३ लिटर बियरभन्दा बढी पिउनु जोखिमपूर्ण हुन्छ । अध्ययनले प्रतिसाता १ सय ग्राम अर्थात् १२.५ युनिट अल्कोहलभन्दा बढी सेवन गरे त्यसले स्ट्रोक, हृदयघात र मृत्युको जोखिम बढाउने बताइएको छ ।

एक ४० वर्षको व्यक्तिले दैनिक सिफारिस गरिएको मात्राभन्दा बढी अल्कोहल सेवन गर्नु धुम्रपानजत्तिकै हानिकारक हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । ‘दैनिक २ युनिटभन्दा बढी अल्कोहल सेवन गरे मृत्युदर बढ्न थाल्छ,’ युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक डेविड स्पिगेलहेल्टर भन्छन् ।

४० वर्षको व्यक्तिले दैनिक मात्राभन्दा बढी ४ युनिट अर्थात् प्रतिदिन ३ गिलास वाइन पिए उसको आयु २ वर्ष कम हुने सो अध्ययनले जनाएको छ । यो समय भनेको सो व्यक्तिको बाँकी जीवनको २० भागको एक भाग हुन आउँछ । जुन दिनको एक घन्टा हुन आउँछ । यसको अर्थ तोकिएको मात्राभन्दा बढी प्रत्येक युनिट अल्कोहलको सेवनले औसतमा १५ मिनेट आयु घटाउँछ ।

यद्यपि वाइन सेवनबाट केही हदसम्म गैर घातक हृदयघात कम हुन्छ तर यसले अन्य प्राणघातक जोखिमलाई भने बढाउँछ । १९ देशमा गरिएको ८३ अध्ययनको तथ्यांक विश्लेषणबाट यो निष्कर्ष निकालिएको हो । जसमा ६ लाख मदिरा सेवनकर्ता सहभागी भएका थिए ।

सहभागीमध्ये आधाभन्दा बढीले प्रतिसाता १ सय ग्रामभन्दा बढी अल्कोहल सेवन गरेको बताएका थिए । भने ८.४ प्रतिशतले सातामा ३ सय ५० ग्रामभन्दा बढी अल्कोहल पिएको बताएका थिए । प्रतिसाता २ सयदेखि ३ सय ५० ग्राम अल्कोहल सेवन गर्नेहरुको जीवन एकदेखि २ वर्षले कम रहेको पाइयो । भने प्रतिसाता ३ सय ५० ग्रामभन्दा बढी सेवन गर्नेको आयु ४ देखि ५ वर्षले कम भएको देखिएको छ ।

युनिभर्सिटी अफ सेफिल्डका प्राध्यापक टिम चिकोका अनुसार धुम्रपानकर्ताहरुको आयु औसतमा १० वर्षले कम हुन्छ । अत्यधिक अल्कोहल सेवन गर्नेहरुको आयु पनि धुम्रपान गर्नेहरुको जत्तिनै घट्ने उनको अनुमान छ । ‘यो अध्ययनले एउटा कुरा चाहिँ स्पष्ट पारेको छ,’ उनी भन्छन्, ‘अल्कोहल सेवनबाट स्वास्थ्यमा कुनै फाइदा पुग्दैन ।’

स्पिगलहेल्टरका अनुसार यो अध्ययनले मार्गनिर्देशनअनुसार मात्र अल्कोहल सेवन गर्नेहरुको मृत्युदरमा खास फरक नरहेको र तिनमा २० प्रतिशत कम हृदयघात हुने गरेको छ । दी गार्जियन


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad