• Ad

Samadhan National Daily

  • Ad

गाेरखा र कास्कीका नेत्रहीन विद्यार्थीलाई सहयोग

पाेखरा, १० बैशाख:

नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेसन (एफएनबिएस) को पोखरामा तेस्रो साधारण सम्पन्न भएको छ ।

गोरखा र कास्कीमा गरी ५ वटा नेत्रहीन शाखाका करिव १ सय जना नेत्रहीन विद्यार्थीको हकहितमा कार्यक्रम गर्दै आएको संस्थाले विद्यार्थीलाईआफ्नो खुट्टामा उभिन सक्ने बनाउने लक्ष्य रहेको संस्थाका प्रोग्राम कोअर्डिनेटर तथा सदस्य सचिव शिवलाल धितालले जानकारी दिए ।

धितालले गण्डकी आवासीय माविमा २९ वर्षको सेवापछि सहयोगी संस्था स्थापना गर्न आफू अभिप्रेरित भएको उल्लेख गरे । उनले आवश्यकता अनुसार नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, उपचार हुन सक्ने नेत्रहीन विद्यार्थीको आँखाको उपचार गराउने, विश्वमा हालै अविस्कार हुँदै गएका नेत्रहीन विद्यार्थीको पढाइलाई अर्थपूर्ण र प्रभावकारी बनाउन उपयोगी इलेक्ट्रोनिक्स डिभाइस उपलब्ध गराउने संस्थाको योजना रहेको सुनाए ।

नेत्रहीन विद्यार्थीलाई उपयुक्त हुने व्यवसायिक तालिम उपलव्ध गराउने लक्ष्य संस्थाले लिएको उद्घाटनका अवसरमा बताइएको छ ।

नेत्रहीन शाखा रहेका पोखरा र गोरखाका विद्यालयमा कार्यरत शिक्षकलाई शिक्षण ओरिन्टेसन कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad