• Ad

Samadhan National Daily

  • Ad

बागलुङकाे दूर्गम दमेकमा एम्बुलेन्सले ल्याएकाे खुशी

बागलुङ, १० बैशाख:

जिल्लाको दुर्गम गाउँमा एम्बुलेन्स पाएपछि स्थानीयबासी हर्षित भएका छन् ।

आकस्मिक बिरामी हुँदा गाडी नपाउने समस्याले सास्ती खेप्ने गरेका जिल्लाको जैमिनी नगरपालिका–२ दमेक बनौका बासिन्दा गाउँमै एम्बुलेन्स आए पछि हर्षित बनेका हुन् ।

सुविधा सम्पन्न एम्बुलेन्स पाएपछि स्थानीय बासिन्दाले गाउँमा नाँचगान सहित खुशियाली मनाएका छन् । सडक सञ्जालको पहुँच पुगे पनि बिरामी परेको समयमा सदरमुकाम बागलुङ, पोखरा आउन गाडी नपाउने समस्या स्थानीयले बेहोर्दै आएका थिए ।

‘अस्पताल सम्म पुर्‍याउन साधन नभएर केही बर्ष पहिला माटोले पुरिएका एक जनाको ज्यान गुमाएका थिए,’स्थानीय स्वंयमसेविका लक्ष्मीदेवी सापकोटाले बिगत सम्झिदै भनिन्, ‘अहिले एम्बुलेन्स आएपछि कसैले पनि आकस्मिक सवारी साधनको अभावमा मृत्यु भोग्नुपर्ने छैन । ’३५ लाख रुपैयाँको एम्बुलेन्स संचालन गर्न तत्कालका लागि लक्ष्मिनारायण पञ्चदेव मन्दिरलाई जिम्मा दिईएको छ ।

बिरामी हुँदा उपचारका लागि अस्पताल ल्याउन नसक्दा ज्यान नै गुमाउनु पर्ने बिवशता देखे भोगेका स्थानीयलाई रोजगारीका लागि बैदेशिक रोजगारीमा गएका दमेकका बिष्णु सापकोटाको पहलमा जापान स्थित सन्स वल्र्ड भिजनले एम्बुलेन्स प्रदान गरेको हो ।

जापानबाट आएको सन्स वल्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामानो सहितको टोलीले गाउँमै पुगेर एम्बुलेन्स हस्तान्तरण गरेको हो । स्थानीयको उपचारमा सहज पहुँच पुगोस् भन्ने अभिप्रायले एम्बुलेन्स प्रदान गरिएको कार्यकारी प्रमुख यामानेले बताए ।

सन्स वल्र्ड भिजनले एम्बुलेन्ससँगै दमेक २ बनहु स्थित सरस्वती आधारभुत बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई मध्यनजर गर्दै अत्याधुनिक भवन समेत निमार्ण गरिदिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निर्माण गरिएको भवनको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले उद्घाटन गरेका छन् ।

कुल ४५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको वल्ड भिजनले जनाएको छ । भवन नहुँदा पठन पठनमा समस्या भएको तर अहिले नयाँ भवन भएपछि बालबालिकाको पठन पाठनमा सहज हुने बिद्यालयका प्रधानध्यापक छबिलाल सापकोटाले बताए ।

अस्पतालसम्म उपाचार गर्न नपुगेर कतिले अकालमा ज्यान गुमाएको र बिद्यार्थीहरुको पढाईमा भौतिक संरचना नहुदा कठिनाई परेकोले आफनै पहलमा जापानीको सन्स वल्र्ड भिजनमार्फत सहयोग गरिएको बिष्णु सापकोटाले बताए ।

तस्विरः एम्बुलेन्स हस्तान्तरण गर्दै सन्स वल्र्ड भिजनका प्रमुख काजु योसी यामानो लगायत ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad