• Ad

Samadhan National Daily

  • Ad

वाइनले घटाउँछ आयु

, १० बैशाख:

 

हामी मध्ये केहिले हरेक साँझ एक गिलास रेड वाइन पिउँदा मुटु स्वस्थ हुन्छ भन्ने कुरामा विश्वास गर्छौ । तर, पछिल्लो अध्ययनले यो भनाइलाई गलत सावित गरेको छ ।

दैनिक सिफारिस गरिएको मात्राभन्दा बढी वाइन वा बियर पिए त्यसले प्रतिगिलास आधा घन्टाको दरले आयु घटाउने निष्कर्ष नयाँ अध्ययनले निकालेको हो ।यो अध्ययन ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित छ ।

अध्ययनअनुसार प्रतिसाता ५ गिलास (प्रतिगिलास १ सय ७५ एमएल) वाइन अथवा २.३ लिटर बियरभन्दा बढी पिउनु जोखिमपूर्ण हुन्छ । अध्ययनले प्रतिसाता १ सय ग्राम अर्थात् १२.५ युनिट अल्कोहलभन्दा बढी सेवन गरे त्यसले स्ट्रोक, हृदयघात र मृत्युको जोखिम बढाउने बताइएको छ । एक ४० वर्षको व्यक्तिले दैनिक सिफारिस गरिएको मात्राभन्दा बढी अल्कोहल सेवन गर्नु धुम्रपानजत्तिकै हानिकारक हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

‘दैनिक २ युनिटभन्दा बढी अल्कोहल सेवन गरे मृत्युदर बढ्न थाल्छ,’ युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक डेविड स्पिगेलहेल्टर भन्छन् ।४० वर्षको व्यक्तिले दैनिक मात्राभन्दा बढी ४ युनिट अर्थात् प्रतिदिन ३ गिलास वाइन पिए उसको आयु २ वर्ष कम हुने सो अध्ययनले जनाएको छ । यो समय भनेको सो व्यक्तिको बाँकी जीवनको २० भागको एक भाग हुन आउँछ । जुन दिनको एक घन्टा हुन आउँछ । यसको अर्थ तोकिएको मात्राभन्दा बढी प्रत्येक युनिट अल्कोहलको सेवनले औसतमा १५ मिनेट आयु घटाउँछ ।

यद्यपि वाइन सेवनबाट केही हदसम्म गैर घातक हृदयघात कम हुन्छ तर यसले अन्य प्राणघातक जोखिमलाई भने बढाउँछ । १९ देशमा गरिएको ८३ अध्ययनको तथ्यांक विश्लेषणबाट यो निष्कर्ष निकालिएको हो । जसमा ६ लाख मदिरा सेवनकर्ता सहभागी भएका थिए ।

सहभागीमध्ये आधाभन्दा बढीले प्रतिसाता १ सय ग्रामभन्दा बढी अल्कोहल सेवन गरेको बताएका थिए । भने ८.४ प्रतिशतले सातामा ३ सय ५० ग्रामभन्दा बढी अल्कोहल पिएको बताएका थिए । प्रतिसाता २ सयदेखि ३ सय ५० ग्राम अल्कोहल सेवन गर्नेहरुको जीवन एकदेखि २ वर्षले कम रहेको पाइयो । भने प्रतिसाता ३ सय ५० ग्रामभन्दा बढी सेवन गर्नेको आयु ४ देखि ५ वर्षले कम भएको देखिएको छ ।

युनिभर्सिटी अफ सेफिल्डका प्राध्यापक टिम चिकोका अनुसार धुम्रपानकर्ताहरुको आयु औसतमा १० वर्षले कम हुन्छ । अत्यधिक अल्कोहल सेवन गर्नेहरुको आयु पनि धुम्रपान गर्नेहरुको जत्तिनै घट्ने उनको अनुमान छ । ‘यो अध्ययनले एउटा कुरा चाहिँ स्पष्ट पारेको छ,’ उनी भन्छन्, ‘अल्कोहल सेवनबाट स्वास्थ्यमा कुनै फाइदा पुग्दैन ।’

स्पिगलहेल्टरका अनुसार यो अध्ययनले मार्गनिर्देशनअनुसार मात्र अल्कोहल सेवन गर्नेहरुको मृत्युदरमा खास फरक नरहेको र तिनमा २० प्रतिशत कम हृदयघात हुने गरेको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad