Samadhan National Daily

      साम्राज्ञी र निकिताको टक्कर

      काठमाडौं, १० बैशाख:

      नेपाली कलाकारको पारिश्रमिकको डिमान्ड अकासिएको छ । अचेल कलाकारहरू फिल्म कति चल्यो भन्दा कति पारिश्रमिक लिने कुरामा होडबाजी गरिरहेका छन् ।

      हाल नेपाली चलचित्र क्षेत्रमा १० लाख , २० लाखदेखि ५० लाखसम्म पारिश्रमिकको चर्चा चलिरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा १० लाख पारिश्रमिक लिएर नायिका साम्राज्ञी सबैभन्दा महँगो अभिनेत्री बनेकी थिइन् ।

      नायिका सम्राज्ञीले चलचित्र ‘कायरा’को लागि १० लाख पारिश्रमिक लिएको बुझिएको छ । यसैबीच, नायिका साम्राज्ञीलाई टक्कर दिँदै पूर्व मिस नेपाल निकिता चन्दकले चलचित्र ’रानी महल’को लागि १० लाख पारिश्रमिक लिएको निर्माण पक्षले सार्वजनिक गरेको छ ।


      प्रतिकृया दिनुहोस्