• Ad

Samadhan National Daily

  • Ad

वैशाख अन्तिम साता घलेगाउँमा महोत्सव

दक्षिण एसियाकै नमूना गाउँको रूपमा चिनिएको घलेगाउँमा यही वैशाख अन्तिम साता १९ औं घलेगाउँ महोत्सव हुनेभएको छ । घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिले यसअघि जस्तै वैशाख २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गरेको हो ।
सोमबार सदरमुकाम बेँसीसहरमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराइएको थियो । स्थानीय कला संस्कृति र गाउँको प्रचारप्रसार गरी पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले घलेगाउँलेले विगत १९ वर्षदेखि महोत्सव गर्दै आएको छ ।
विगतका महोत्सवले गाउँको प्रवद्र्धनमा सहयोग पुगेको भन्दै अबको महोत्सवले भने आर्थिक समृद्धिको सन्देश दिने आयोजकले जनाएको छ । घलेगाउँमा विकास भएको ग्रामीण पर्यटनबाट गाउँको आर्थिक समृद्धि भएको भन्दै यो सन्देश विश्वभर फैलाउन आवश्यक रहेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताए ।‘विगतका महोत्सवबाट गाउँको प्रचारप्रसार भयो, गाउँमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आए’, उनले भने, ‘विदेश गएकाहरूले भन्दा गाउँमा बसेकाले बढी कमाइ गर्छन्, महोत्सवले पर्यटन व्यवसायबाट समृद्धि सम्भव छ भन्ने सन्देश दिनेछ ।’
महोत्सवमा परम्परागत गुरुङ संस्कृति, गुरुङ सङ्ग्रहालय तथा चिया बगानको अवलोकन, गुरुङ खाना महोत्सव, दृष्यावलोकन, होमस्टे अध्ययन र ग्रामीण पर्यटनका बारेमा अन्तरक्रियालगायत कार्यक्रम तय गरिएको छ । प्राकृतिक छटाले भरिपूर्ण र संस्कृतिले धनी घलेगाउँमा वार्षिक २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।
विसं २०५६ मा घलेगाउँमा पहिलो पटक ग्रामीण पर्यटनको अवधारणा भित्रिएको हो । घलेगाउँबाटै सिकेर अहिले जिल्लाका अन्य गाउँ ग्रामीण पर्यटन व्यवसायतर्फ उन्मुख छन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad