Samadhan National Daily

      नगेनको चित्रकला प्रदर्शनी

      प्राज्ञ नगेन सिंह ठकुरीको ‘नवौँ एकल चित्रकला प्रदर्शनी’ भएको छ । अन्तर्राष्ट्रिय पुस्तक दिवसका अवसरमा प्रदर्शनी भएको चित्रकलामा जीवन र जगत रहेको बताउँदै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कलालाई सम्मान गर्नुपर्ने बताए ।

      गुरुङले प्रदेश स्तरको एकेडेमी स्थापना गर्नसहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । हिमालयन रिडर्स कर्नर आर्ट ग्यालरीको उद्घाटन गरिएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सभासद कलाकार प्राज्ञ नगेन सिंहले अहिलेको नेपालको युग ललितकला डायमन्ड युग बनाउने घोषणाको ऐक्तबद्धता जनाए ।

      रिडर्स कर्नर ऐकेडेमीको हलमा प्राज्ञ ठकुरीका ३८ वटा चित्र प्रदर्शनमा छ । तरेली सांस्कृतिक परिवारद्वारा आयोजित कार्यक्रममा राजबहादुर गुरुङ, घनश्याम पुन लगायतले कलासँग रमाउनुपर्नेमा जोड दिए ।


      प्रतिकृया दिनुहोस्