Samadhan National Daily

      स्याङ्जा सदरमुकाममा हजारका नक्कली नोट भेटियाे

      स्याङ्जा, १२ बैशाख:

       स्याङ्जा सदरमुकाममा मंगलबार नेपाली १ हजारको नोट मंगलबार फेला परेको छ ।

      जयजनता बहुउद्देश्यीय सहकारी संस्थामा संकलन भएको रकममा नक्कली हजारको नोट फेला परेको हो । सहकारीले बजारबाट दैनिक बचत कर्ताबाट संकलन गरेको रकममा नक्कली नोट फेला परेको जनाएको छ ।

      सहकारीले गण्डकी विकास बैंकको खातामा जम्मा गर्ने क्रममा नोट नक्कली भएको पुष्टि भएको बैंकका प्रबन्धक प्रविन श्रेष्ठले बताए । फेला परेका ४ वटै नोट एकै नम्बर च२४ –६१४१६३ का छन् ।

      सहकारीका बचतकर्ताले पुतलीखेत, घुम्ती र मुख्य बजारबाट संकलन गरेको रकममा नोट फेला परेको जनाइएको छ । गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेको नक्कली नोटमा छपाइ, रंग र विभिन्न चिह्नफरक छन् । बजारका धेरै क्षेत्रबाट नक्कली हजारका नोट फेला परेपछि धेरै नक्कली नोट हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।

      नक्कली नोट २ वटा जयजनतामा छन् भने २ वटा गण्डकी विकास बैंकमा छन् । बैंकले खबर नगरेको बताउँदै जिल्ला प्रहरी कार्यालय सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले नोट आफ्नोमा आएपछि विधिविज्ञान प्रयोगशाला परीक्षण गर्ने र गिरोहको खोजी गरिने जानकारी दिए ।


      प्रतिकृया दिनुहोस्