Samadhan National Daily

      घाचोकमा श्रीमद्भागवत महायज्ञको तेस्रो दिनसम्म ३० लाख दान संकलन

      , १४ बैशाख:

      माछापुच्छ्र्रे–३ घाचोकस्थित शुक्लागण्डकी माविमा जारी विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको तेस्रो दिनसम्म ३० लाख रुपैयाँ संकलन भएको छ ।

      गाउँपालिकाको केन्द्रमा प्राविधिक शिक्षालय स्थापना गरी व्यावसायिक तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर महायज्ञसुरु गरिएको हो । तेस्रो दिन मात्र १० लाख ३८ हजार रुपैयाँ दान संकलन भएको आयोजकले जनाएका छन् ।

      बिहीबार महायज्ञ मूलआयोजक समितिका अध्यक्ष रवीलाल पोखरेलले ३ लाख ५१ हजार रुपैयाँ दान गरेका छन् । पूर्णकली लक्षिमा गौरी पोखरेलले १ लाख १ हजार १ सय ११, बुद्धिसागर पोखरेलले १ लाख १ सय १, इन्द्रकुमारी थापाले १ लाख ११ हजार १ सय ११, सूर्यप्रसाद लम्सालले १ लाख १ सय ७१, पदमराज पोखरेलले १ लाख १५ हजार, जटायु संरक्षण तथा गौरक्षा केन्द्रले ५१ हजार १ सय ११ रुपैयाँ दान गरे ।

      घाचोक कतार सम्पर्क समितिबाट ४५ हजार ८ सय १४ रुपैयाँ, लामाचौरका बाबुराम आचार्यबाट २५ हजार, लामाचौरकै हेमप्रसाद गौतमबाट २० हजार दान प्राप्त भएको छ ।

      वीरशोभा गुरुङले ५१ हजार, पूर्णबहादुर गुरुङले ५१ हजार, देउबहादुर गुरुङ(हेमकाजी)ले ५१ हजार १ सय ११, मेषबहादुर गुरुङले ५५ हजार ५ सय ५५, कुमारी गुरुङले ५१ हजार १ सय ५, ओममाया गुरुङ, ५१ हजार १ सय १५ रुपैयाँ दान गरेको महायज्ञ मूलआयोजक समितिका अध्यक्ष रवीलाल पोखरेलले जानकारी दिए ।

      महायज्ञको पहिलो दिन माछापुच्छर्े  गाउँपालिका– ३ का इन्द्रबहादुर गुरुङले २ लाख १ सय ११, संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकबाट १ लाख ५१ हजार १ सय ५१, प्रतिनिधिसभाका सांसद तथा उद्योगी सूर्यबहादुर केसीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान प्राप्त भएको थियो ।

      घाचोककै हरिश्चन्द्र लम्सालबाट १ लाख ११ हजार १ सय ११ र रामप्रसाद गुरुङबाट १ लाख १ सय ११ रुपैयाँ दान सहयोग प्राप्त भएको महायज्ञ सचिवालय व्यवस्थापन समितिका सचिव विष्णु भण्डारीले जानकारी दिए । महायज्ञमा बिहीबार भूमिदान पनि संकलन भएको छ ।

      घाचोक निवासी पूर्णकली पोखरेलको परिवारले ६ आना ३ पैसा भूमि दान गरेको छ । महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले भागवत वाचन गरिरहेका छन् । वैशाख १८ गतेसम्म चल्ने यज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महासचिव मौसम कार्कीले बताए ।


      प्रतिकृया दिनुहोस्