• Ad

Samadhan National Daily

  • Ad

वृद्धवृद्धालाई ५ वटा हात्तीले ‘ठाेक्ने’ एमालेकाे तयारी

कास्की, १४ बैशाख:

दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस अवसरमा लाचोकमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।

युवा संघ नेपाल लाचोकको आयोजनामा माछापुच्छ्रे गाउँपालिका–४ लाचोकका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो। कार्यक्रममा ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।

कार्यक्रममा प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी, नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, सचिवालय सदस्य नारायण बास्तोला, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै सांसद खगराज अधिकारीले ५ वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्‍याएरै छाड्ने बताएका छन्।‘मनमोहन अधिकारीकै पालमा वृद्धभत्ताको सुरुवात गरेर वृद्धवृद्धालाई सम्मान गर्ने काम एमालेले गरेको हो,’ उनले भने, ‘६० वर्ष काटेकालाई गोली ठोकेर मार्छ भन्ने भ्रम फिजाएका थिए। पहिला हरिया नोटले ठोक्यौं । अहिले २ वटा हात्तीले ठोक्यौं । अब ५ वर्षमा ५ वटा हात्तीले ठोक्छौं।’

जनतालाई शासन गर्न नभई सेवा गर्न आफूहरु आएको बताउँदै उनले विकास निर्माणमा सबैले साथ दिन आग्रह गरे। कार्यक्रममा अधिकारीलाई वाने टाकुरा ज्येष्ठ नागरिक बहुउद्देश्य भवनको डिपिआर हस्तान्तरण गरिएको थियो। कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङ र निर्माण समितिका संयोजक पानबहादुर जिसीले अधिकारीलाई सम्बन्धित निकायमा पुर्‍याएर आर्थिक सहयोगको लागि पहल गरिदिन आग्रह गरे ।

उनीहरुले अधिकारीलाई डिपिआर हस्तान्तरण गरे । अधिकारीले वाने टाकुरा ज्येष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माणका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा लोकदोहोरी गायक जीवन दहालले गीत प्रस्तुत गरेका थिए।

ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका संयोजक आनन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ नेपाल कास्कीका सहसचिव पानबहादुर जिसीले स्वागत र सम्मान कार्यक्रमका सचिव राजेन्द्र गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।
………….
८१ वर्षीय बलबहादुर शाहीलाई सम्मान गर्दै नेकपा एमालेका प्रमुख सचेतक खगराज अधिकारी र युवासंघ नेपाल कास्कीका सहसचिव पानबहादुर जिसी। तस्बिर समाधान


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad