• Ad

Samadhan National Daily

  • Ad

प्रदेशसभाका लागि नौ वटा नमूना कानून पठाइए

काठमाडौं, १६ बैशाख:

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशसभा सञ्चालनका लागि प्रदेशमा अहिलेसम्म नौवटा नमूना कानून पठाएको छ ।

मन्त्रालयका तर्जुमा शाखाका शाखा अधिकृत प्रकाश न्यौपानका अनुसार मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशको अन्तरिक सार्वजनिक खरिद कार्यविधि गर्ने बनेको विधेयकलगायतका नमूना कानून प्रदेशसभामा पठाइएको हो ।

उपसचिव होमबहादुर केसीले प्रदेशसभा सञ्चालनका लागि ती अत्यावश्यक नमूना कानून पठाइसकेको र अन्य कानून एक महिनाभित्र पठाइने जानकारी गराउनुभयो । उहाँका अनुसार प्रदेशसभा सञ्चालनका लागि २२ वटा कानून आवश्यक पर्छ ।

पठाइएका नमूना कानून प्रदेशसभाले हुवहु वा परिमार्जन गरेर संसद्बाट पास गरेर लागू गर्ने छन् । यस्तै मन्त्रालयले अहिलेसम्म ८८ वटा कानून निर्माण गरिसकेको जनाएको छ ।

संविधान जारी भएपछि ४१ वटा विषयसंग सम्बन्धित ११० वटा कानून बनाउनुपर्ने भए पनि अहिलेसम्म ८८ वटा कानून निर्माण गरिएको शाखा अधिकृत न्यौपानले बताउनुभयो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad