• Ad

Samadhan National Daily

  • Ad

मन्टेसरी शिक्षा विधि र बालबालिकाको भविष्य

पोखरा, १६ बैशाख:

-आजभोलि ठूला विद्यालयमा समेत मन्टेसरी ब्लक भनेर चलाउने गरेको पाइन्छ । तर, यसरी पढाउँदा बालबालिकाले पाउनुपर्ने शान्त वातावरण पाउन सक्दैनन् ।

-शिक्षिकाहरू आफूलाई पूर्णरुपमा प्रशिक्षकका रुपमा प्रस्तुत गर्नु हुँदैन । मन्टेसरी भनेको खेल्दै, सिक्दै गर्ने ठाउँ हो । मानिसको उमेरको तहअनुसार मानिसको मनोभावना तथा मनोविज्ञानमा परिवर्तन हुँदै जाने गर्छ ।

२ देखि ६ वर्षको समय सामान्यतया हरेक मानिसको सिक्ने जान्ने र बुझ्ने उमेरको रुपमा लिइन्छ । र यहीउमेर समूहका बालबालिकालाई मन्टेसरीमा राखेर पढाउने कार्य गरिन्छ । मन्टेसरीमा, बालबालिकालाई पढाउने मूल उद्देश्य रहन्छ भने यस मूल उद्देश्यलाई प्राप्त गर्नकालागि खेलको माध्यम, खेलौनाको माध्यमबाट खेल्दै पढाउने तरिकालाई मन्टेसरी प्रविधि भनिन्छ ।

डा. मारिया मन्टेसरी, २० औंं शताब्दीकी इटालियन सशक्त शिक्षाविद्, जो फिजिसियन पनि हुनुहुन्थ्यो, उहाँले बालबालिकाको पठन–पाठनका लागि प्रतिपादन गरेको प्रविधि हाल २१ औं शताब्दीमा पनि संसारभर उत्तिकै लोकप्रिय छ । मन्टेसरी शिक्षा प्रविधिले बालबालिकाको चौतर्फी विकासमा मद्दत गर्छ । यस पद्धतिमा बालबालिकालाई पढाउनभन्दा बढी उनीहरुभित्र निहीत क्षमतालाई पहिचान गरी-गराई सोही अनुरुप अगाडि बढ्न लगाइन्छ । विशेष गरी साना बाबुनानीलाई उनीहरुका आमाबाबु, अभिभावक, समाज हरेक स्थानका मानिसले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने कोसिसमा रहने गर्छ ।

हरेक बालबालिका आफैंमा उत्कृष्ट हुन्छन् । अलौकिक क्षमतावान् हुन्छन् र यही क्षमताले नै उनीहरु रोचक र नौला हुने गर्छन्, जो वैज्ञानिकको लक्षण हो । उनीहरुलाई यही मौलिकतामा बाच्न र मौलिकता मै पढ्न सिकाउने प्रविधि नै मन्टेसरी हो । मन्टेसरी माध्यमको अर्को रोचक पक्ष के भने यसले शैक्षिक गुणस्तरभन्दा पनि प्रोत्साहनमा विश्वास गर्छ र प्रोत्साहनबाटै कुनै पनि बालबालिकाको समग्र विकास सम्भव छ । प्रोत्साहनले नै उनीहरुमा प्रेरणा जाग्ने गर्छ । यस विधिबाट पढाउनका लागि प्रतिवद्ध तथा कटिवद्ध रहने मन्टेसरीहरु छन्,त्यहाँ पढेका बालबालिकाहरुमा प्रत्यक्ष झल्किन्छ ।

नेपालमानै हेर्ने हो भने मन्टेसरीको संख्या कति छ, यकीन गर्न गाह्रो छ । राजधानी बाहिरको अर्को ठूलो सहर पोखरामा पनि कति मन्टेसरी छन् यकिन गर्न त्यत्तिकै गाह्रो छ तर संख्या ठूलो छ । सरकारीस्तरबाट समेत (इडिसी) चाईल्ड डेभलपभेन्ट सेन्टर नाम दिइएको बालबालिकालाई पढाउने प्रविधि पनि मन्टेसरी प्रविधिमा आधारित छ । यसरी जथाभावी खुल्दै गरेका मन्टेसरीलाई निगमन गर्ने एउटा सरकारीस्तरबाटै छुट्टै संस्थाको आवश्यकता छ ।

तथापि हरेकले बुझ्नुपर्ने कुरा के भने, एउटा मन्टेसरीमा न्यूनतम पनि बालमैत्री वातावरण, तालिम प्राप्त तथा बाल मनोविज्ञानमा प्रयाप्त ज्ञान हासिल गरेका शिक्षिका तथा सञ्चालक हुनु जरुरी छ । ७ देखि १० जनाको कक्षामा एक जना तालिम प्राप्त शिक्षिका तथा एक जना सहयोगी हुनु जरुरी छ । सानो संख्याका विद्यार्थी राखेर पढाइने मन्टेसरीमा धेरै जना विद्यार्थी हुँदैनन् । एउटा मन्टेसरीमा १ सयजना बालबालिका हुनुभनेको पूरा विश्वविद्यालय हुनुसरह लिन सकिन्छ ।

हरेक विद्यार्थीको चाहना तथा उनीहरुको व्यवहार बुझेर सोहीअनुरुप शिक्षकले व्यवहार गरिनुपर्ने भएकोले एउटै कक्षामा धेरै विद्यार्थी राखेर यो सम्भव हुन सक्दैन । यदि धेरै विद्यार्थीमा यो प्रयोग गरियो भने बालविकासमा नकारात्मक असर पर्न जान्छ र बालबालिकाले सिक्नुपर्ने कुरा सिक्न सक्दैनन् । कक्षाकोठामा रहेका बालबालिकालाई उनीहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि स्वतन्त्रता पूर्वक सिकाइको वातावरण सिर्जना गरिनु जरुरी छ ।

यस प्रविधिबाट पढाउने शिक्षिका बालबालिकाको सिकाइ र उनीहरुको मनोविज्ञानका बीच एक मध्यस्तकर्ताको रुपमा रहनुपर्छ । मन्टेसरीका शिक्षिकाहरू आफूलाई पूर्णरुपमा प्रशिक्षकका रुपमा प्रस्तुत गर्नु हुँदैन । मन्टेसरी भनेको खेल्दै, सिक्दै गर्ने ठाउँ हो । हरेक मानिसको उमेरको तह हुनेगर्छ र सोही तहअनुसार मानिसको मनोभावना तथा मनोविज्ञानमा परिवर्तन हुँदै जाने गर्छ । जसअनुसार उमेरअनुसार जीवनको पहिलो तह ६ वर्षभन्दा मुनिको उमेरलाई लिइन्छ । मानिसका लागि यो उमेर उनीहरुको पहिलो उमेर समूहमा पर्छन्, जसलाई बाल्यकाल भन्ने गरिन्छ ।

यस उमेर तहलाई साइकोलोजीका अनुसार आमाको समय पनि भनिन्छ । जो अति माया पाउनुपर्ने उमेर समूह पनि हो । यस बेलामा सही शिक्षक नपरेको खण्डमा बालबालिको आगामी समय उल्लेखनीय रहन सक्दैन । यस उमेरमा बालबालिकाले केवल हिँड्न जान्ने र बोल्न जान्नेमात्र हुन्छन् । भाषा सिक्ने उमेर भएकाले तथा संसार बुझ्ने पहिलो अनुभव गर्ने तहका रुपमा समेत यो उमेरलाई लिइन्छ । तसर्थ सम्पूर्ण अभिभावकलाई अनुरोध छ कि, नजिक भन्दैमा, फिस कम वा बढी हुँदैमा कुनै पनि मन्टेसरी राम्रो हुँदैनन् ।

मन्टेसरीमा २ देखि ६ वर्षसम्मका बालबालिकालाई एकै ठाउँमा राखेर पढाइन्छ । जसबाट, सानाले ठूलाबाट आफैं पनि सिकेका हुन्छन् भने ठूलाले पनि सानालाई माया गर्ने तरिकाको विकास हुनेगर्छ । मन्टेसरीमा मनोरञ्जनात्मक, सिर्जनात्मक र प्रयोगात्मक तरिका अपनाइन्छ । जसलाई ‘लर्निङ बाई डुइङ’ पनि भनिन्छ । यसमा बालबालिकालाई योगा, संगीत, नृत्य, चित्रकला, हस्तकला, खेल इत्यादिमा सहभागी गराइन्छ । र हेरेर, छोएर, महसुस गरेर शिक्षा हासिल गराउन कोसिस गरिन्छ ।

मन्टेसरीमा शिक्षकले पढाउने नभई केवल अभिमुखीकरण गराउनेमात्र हो । जसका लागि बालमनोविज्ञानमा आधारित शिक्षा दिन मन्टेसरी विधिमा बालबालिकालाई प्रत्यक्ष रुपमा विभिन्न खेलमा सहभागी गराइन्छ र सिकाइन्छ । शुल्कका आधारमा मन्टेसरीलाई महँगो शिक्षाको रुपमा लिइन्छ । तर, एउटा कक्षामा ७ देखि १० जनामात्र राखेर प्रत्येकलाई छुट्टाछुट्टै व्यक्तिगत हेरविचारसहित खुवाउँदा र सिकाउँदा लाग्ने खर्चका लागि ४-५ हजार अभिभावकबाट लिनु खासै महंगो होइन ।

पछिल्लो समय मन्टेसरीलाई खुवाउने र सुताउने स्थानका रुपमा मात्र नभई बालबालिकाको चौतर्फी विकास गर्ने थलोका रुपमा बुझ्दै आएको हुनाले नाफामात्र कमाउने उद्देश्यले खुलेका कतिपय मन्टेसरी स्कुल विस्तारै बन्द भइरहेका छन् । आजभोलि ठूला विद्यालयमा समेत मन्टेसरी ब्लक भनेर चलाउने गरेको पाइन्छ । तर, यसरी पढाउँदा बालबालिकाले पाउनुपर्ने शान्त वातावरण पाउन सक्दैनन्। ठूला विद्यार्थीकै सरह खानपान र ठूला कै शिक्षकहरु हुन सक्छन् तसर्थ यस्ता ब्लकहरुमा अभिभावकले विषेस चासो राख्न जरुरी छ ।

कोहीकसैलाई ठूलो कक्षामा गएपछिउसको शैक्षिक स्तर वृद्धिका लागि पहल गरिन्छ । तर, यो बुझ्न जरुरी छ कि जसरी घर बलियो हुनकालागि जग बलियो हुन जरुरी छ, त्यसरी नै बालबालिकाको बाल्यकाल पनि उनीहरुको सबल युवावस्थाका लागि जगसरह हो । एक मन्टेसरीमा भावनात्मक शैलीमा सिकाउन जरुरी छ ताकि, उनीहरुको सबल युवावस्था रहोस् । बालबालिकाले मन्टेसरीलाई उनीहरुको घरका रुपमा लिन सक्ने गराउन जरुरी छ ।

एक मन्टेसरीमा, खेलका लागि पर्याप्त मैदान, उनीहरुको हातको आकार तथा साइजकै पेन्सिल, उमेरले थेग्न सक्ने पढाइ,सोही अनुरुप डेस्क तथा बेञ्च वा कुसन, निद्रा लाग्दा सुत्नका लागि बिछ्यौना, प्रत्यक्ष हेर्न तथा चिन्नकालागि घरपालुवा तथा केही जंगली जनावर, विद्यालयमा वृद्ध घरका हजुरबा, हजुरआमाका उमेरका व्यक्ति जसले सोही उमेर अनुसारको व्यवहार सिकाउन सक्नुहुनेछ जसले मायालु वातावरण दिन सक्नुहुनेछ । पौष्टिक तथा हाइजेनिक खाना, पर्याप्त फलफूल, दूध जस्ता खाद्य पदार्थको समेत व्यवस्था हुनु जरुरी छ । ताकी बालबालिकाको मष्तिस्क विकासमा टेवा पुगोस् ।

पौडेल पोखराको लेकसाइडस्थित क्रिस्टल इन्टनेसनल मन्टेसरीसँग आवद्ध छिन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad