• Ad

Samadhan National Daily

  • Ad

संसदीय समिति सभापतिले सपथ लिए, तलब र समानको सुविधाको व्यवस्था

, १७ बैशाख:

प्रदेश ४ का रहेका संसदीय समितिका सभापतिले आइतबार सपथ लिएका छन् । सभामुख नेचनाथ अधिकारीले चारै समितिका सभापतिलाई प्रदेश सभा भवनमा सपथ गराएका हुन् ।

४ दलले सहमतिमा ४ संसदीय समितिका सभापति टुंग्याएका थिए । नयाँ शक्तिबाहेक एमाले, माओवादी, कांग्रेस र जनमोर्चाले १÷१ समितिका सभापति पाएका छन् । नयाँ शक्ति २ सांसद २ वटा समितिमा सदस्य छन् ।

विधायन समितिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा कांग्रेसका कुमार खड्का, अर्थ तथा विकास समितिमा माओवादीका दीपक कोइराला र प्रदेश मामिलामा जनमोर्चाका कृष्ण थापा निर्विरोध सभापतिको सपथ लिएका हुन् । सपथपछि सम्बन्धित समितिको कार्यक्षेत्रलाई कुशलतापूर्वक निर्वाह गर्ने सभापतिहरुले बताएका छन् ।

चारै समितिको अलगअलग बैठक बसेर सहमतिमै सबै समितिको टुंगो लगाइएको थियो । सोही अनुसार शनिबार चारै समितिमा एकल उम्मेदवारी परेको थियो थियो । दलहरुले समितिको सभापति चयनमा सामूहिक र एकता देखाएका छन् । १ पार्टीका समिति सभापतिको प्रस्तावक र समर्थक फरक पार्टीका सांसद थिए ।

विधायन समिति सभापतिका उम्मेदवार रेग्मीका प्रस्ताव माओवादीका आशा कोइराला र समर्थन कांग्रेसका मणिभद्र शर्मा कँडेलले गरे । सार्वजनिक लेखा समिति सभापति कुमार खड्काको प्रस्ताव एमालेका सचेतक मायानाथ अधिकारी र समर्थक कांग्रेसका मेखलाल श्रेष्ठले गरेका छन् । सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई नै दिने संसदीय अभ्यासलाई प्रदेश नम्बर ४ ले पनि अनुशरण गरेको छ ।

अर्थ तथा विकास समिति सभापति उम्मेदवार दीपक कोइरालाको प्रस्तावक एमालेका मीनप्रसाद गुरुङ र समर्थक कांग्रेसका दोबाटे विश्वकर्मा थिए । यसैगरी प्रदेश मामिला समिति सभापति उम्मेदवार कृष्ण थापको प्रस्तावक एमालेका कृष्णबहादुर थापा र समर्थन एमालेकै इन्द्रधारा विटले गरेका थिए ।

चैत १२ गते बसेको संसद बैठकले समितिलाई पूर्णता दिइए पनि पछि सहमतिका लागि केही नाम हेरफेर गरिएको थियो । सबैं सांसदलाई समेट्न सबै समितिमा ११ सदस्यीय रहने प्रावधानलाई संशोधन गरी १३ सदस्यीय बनाइएको हो । विधायन समितिमा ११ र बाँकी ३ समितिमा १३ सदस्य रहने नियमावलीमा छ ।

समातिका सभापतिको पारिश्रमिक दलका प्रमुख सचेतक, सांसदकोभन्दा बढी हुन्छ । उपसभामुख, विपक्षी दलका नेता र समितिका सभापतिलाई करिब बराबर तलब र समान सुविधाको व्यवस्था गरिएको छ ।

उपसभामुख र विपक्षी दलको नेतालाई ५० हजार पाउँदा समिति सभापतिले ४९ हजार तलब पाउने छन् । दलका प्रमुख सचेतक ४७ हजार र सांसदको तलब ४५ हजार रुपैयाँ छ । समितिका सभापतिले इन्धन, अतिथि सत्कार, सञ्चार, स्वदेश तथा विदेश भ्रमण भत्ता लगायतको सुविधा पाउँछन् ।

कुन समितिको कुन–कुन सांसद छन् ?

विधायन समिति

सभापतिः मोहनप्रसाद रेग्मी
सदस्यः आशा कोइराला, कृष्णचन्द्र नेपाली, चन्द्रबहादुर बुढा, टेकबहादुर घर्ती, धनञ्जय दवाडी, धनमाया पोखरेल (लामा), मणिभद्र शर्मा, मनबहादुर गुरुङ, राजीव पहारी, ललीतकला गुरुङ, विष्णुप्रसाद लामिछाने र सावित्रा राना

सार्वजनिक लेखा समिति

सभापतिः कुमार खड्का
सदस्यः ओमकला गौतम, गायत्री गुरुङ, जुनादेवी नेपाली, दिलमाया रोकामगर (गौतम), प्रकाशचन्द्र दवाडी, प्रभा कोइराला, विन्दुकुमार थापा, महेन्द्रबहादुर थकाली, मायानाथ अधिकारी, मेषलाल श्रेष्ठ, रामबहादुर गुरुङ र रामजीप्रसाद बराल

प्रदेश मामिला समिति

सभापतिः कृष्ण थापा
सदस्यः इन्द्रधारा विष्ट, कृष्णबहादुर थापा, कोपिला बोहोरा, चिन्तबहादुर घले, दीपक थापा, मधुमाया अधिकारी गुरुङ, मनकुमारी गुरुङ, मित्रकुमारी गुरुङ (सुवेदी), मीना गुरुङ र रोशन गाहा थापा

अर्थ तथा विकास समिति

सभापतिः दीपक कोइराला
सदस्यः ईन्द्रलाल सापकोटा, चन्द्रमोहन गौचन, जनकलाल श्रेष्ठ, दोबाटे विश्वकर्मा, पियारी थापा, पुष्पा केसी (भण्डारी), भागवतप्रकाश मल्ल, मीनप्रसाद गुरुङ, लक्ष्मी सुनार, विनोद केसी, सरीता गुरुङ र हरिशरण आचार्य


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad