• Ad

Samadhan National Daily

  • Ad

खुला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

पर्वत, १८ बैशाख:

प्रदेश नम्बर ४ स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सोमबारसकिएको छ । प्रतियोगितामा मेन्स डब्लतर्फ कास्कीका भुगल गुरुङ र विशाल खड्का प्रथम भए भने म्याग्दीका रोमन बानियाँ र कास्कीका शम्भु श्रेष्ठदोस्रा भए ।

खुला भेट्रान्समा कास्कीका वीरेन्द्र श्रेष्ठ र उपेन्द्र श्रेष्ठ प्रथम भए भने दोस्रो उपाधि वाग्लुङका राजेन्द्र शाक्य र म्याग्दीका मुन्ना केसीले प्राप्त गरे ।

मेन्स् डबल्स्को स्थानीयतर्फ कुश्माका टंक बस्याल र प्रदीप तिमिल्सिसना प्रथम र म्यादीका नवीन गुरुङ र जितबहादुर थापादोस्रो भए । त्यस्तै मेन्स्सिगंलमा कास्कीका भुगल गुरुङ प्रथम र कास्कीकै विशाल खड्कालेदोस्रो स्थान पाए ।

वैशाख १५ गने सुरु भएको प्रतियगितामा मेन्स डब्लतर्फ प्रथम टिमले ४५ हजार र दोस्रो टिमले ३० हजार प्राप्त गरे । खुला भेट्रान्समा प्रथम टिमले ४५ हजार र दोस्रो टिमले ३० हजार प्राप्त गरेका छन् ।

त्यस्तै स्थानीय डबल्स जुनियरको प्रथम टिमले२० हजार, दोस्रो टिमले१० हजार प्राप्त गरे भने स्थानीय मेन्स सिंगल्स प्रथमले ४५ हजार, दोस्रोले ३० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र पाएका छन् ।

पर्वत ब्याटमिन्टन संघ अध्यक्ष प्रेम गुरुङ ‘माइला’को अध्यक्षतामा प्रतियोगिता भएको थियो । प्रतियोगिताका नेपाल ब्याटमिन्टन संघका राष्ट्रिय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, प्रहरी निरीक्षक दिलीप घिमिरे, पर्वत ब्याटमिन्टन संघका महासचिव अर्जुनप्रसाद चापागाई लगायतले बोलेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad