• Ad

Samadhan National Daily

  • Ad

घाचोक महायज्ञमा करोड कट्यो

, १८ बैशाख:

शुक्ला गण्डकी माविमा जारी महायज्ञमा सोमबार मात्रै नगद तथा भूमीदानगरी ७७ लाख ७ हजार १ सय ८० रुपैयाँ संकलन भएको छ ।
प्राविधिक शिक्षालयको पूर्वाधार निर्माणको लागि वैशाख ११ देखि सञ्चालनमा रहेको महायज्ञ मंगलबार सकिदै छ ।

यज्ञमा ५५ लाख १३ हजार १ सय ३६ रुपैयाँ नगद संकलन भएको छ भने २१ लाख ९४ हजार ४४ रुपैयाँ वरावरको भूमीदान प्राप्त भएको छ ।
महायज्ञमा हालसम्म १ करोड ३१ लाख ९४ हजार ९४ रुपैयाँ नगद तथा २१ लाख ९४ हजार ४४ रुपैयाँ वरावरको भूमीदान भएको मूल आयोजक समितिका कोषाध्यक्ष अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

गाउँपालिकाको केन्द्रमा रहेको विद्यालयमाा कक्षा ९ देखि १२ सम्म प्राविधिक विषयमा कक्षा सञ्चालन गर्ने योजना आयोजकको छ ।
घाचोकका पूर्णकली, लक्षिमा तथा गौरी पोखरेलको परिवारबाट भूमी तथा नगदगरी १३ लाख ६८ हजार ३ सय ३३ रुपैयाँ दानप्राप्त भएको छ ।

स्थानीय रेवतीरमण पोखरेलले ५ लाख वरावरको भूमी तथा ५१ हजार ५ रुपैयाँ नगद दान गरे । त्यस्तै घाचोककै इन्द्रबहादुर गुरुङले पनि यसअघि दिएको दान रकममा २ लाख ६६ हजार ५ सय थप गरेर ४ लाख ६६ हजार ६ सय ११ पुर्याए ।  महादेव तथा सीता पोखरेलको परिवारबाट ४ लाख १ सय ११ को भूमी तथा नगद दानप्राप्त भएको छ ।

यज्ञमा यदुनाथ पोखरेलको परिवारबाट ३ लाख १ हजार १ सय ५१, लक्ष्मीरमण पोखरेलबाट २ लाख ५५ हजार ५ सय ५५, माछापुच्छ«े १ पाटनथरका ओम गुरुङबाट १ लाख ७८ हाजर २ सय ५, संरक्षण क्षेत्र वन व्यवस्थापन समिति ३, ४, ५ र ६ बाट १ लाख ५० हजार, स्थानेश्वर लम्सालबाट १ लाख २३ हजार ४ सय ५६, परमानन्द लम्साल, चन्द्रावती लम्साल तथा चक्रपाणि लम्सालको परिवारबाट जनही १ लाख ११ हजार १ सय ११, पूर्णबहादुर गुरुङबाट १ लाख ५ हजार १ सय १५, पोखरा वगर निवासी ठाकुरशोभा/महेन्द्र गुरुङबाट १ लाख १ हजार १ सय ११ तथा माछापुच्छर्रे १ का लालकाजी गुरुङले १ लाख १ हजार यज्ञमा दान गरेका छन् ।

सोमबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विक तथा प्रदेश सांसद रामजीप्रसाद बरालले यज्ञमा सहभागिता जनाउँदै प्राविधिक शिक्षामा आफ्नो जोड रहने बताए । देशमा प्राविधिक शिक्षा आवश्यकता भएको र विद्यालयले थालेको अभियानमा हरेको सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad