• Ad

Samadhan National Daily

  • Ad

शारीरिक अपांगलाई ह्वील चियर

, १८ बैशाख:

स्वावलम्बन जीवन पद्वती केन्द्र नेपाल पोखराले सोमबार ५ शारीरिक अपांगलाई ह्वील चियर वितरण गरेको छ । जापानको निसासाईको सहयोगमा केन्द्रले ह्वील चियर वितरण गरेको हो ।

कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले चियर वितरण गर्दै अपांगमैत्री नीति निर्माणमा ध्यान दिने बताए ।

‘सरकारी सरंचनालाई अपांगमैत्री बनाउन ध्यान दिइने छ,’मेयर जिसीले भने, ‘राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले व्यक्तिगत रुपमा घर बनाउदासमेत ध्यान दिए अपांगमैत्री भौतिक संरचना निर्माणको अभियानलाई सहयोग पुग्छ ।’

उनले अपांगको सवाललाई प्राथमिकतामा राख्ने बताए । महानगरमा अपांगको लगत संकलन गर्न सघाउन अनुरोध गर्दै उनले परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्न सके अपांगलाई रेख देखमा सहयोग पुग्ने धारणा राखे ।

महानगर वडा नम्बर १५का अध्यक्ष प्रकाश पौडेल, स्वावलम्बन जीवन पद्वती केन्द्र नेपालका अध्यक्ष हेमबहादुर गुरुङ, कोषाध्यक्ष अन्जना केसी,निवर्तमान अध्यक्ष हितमान छन्त्याल, सदस्य सुरेश गौली, निसासाई जापानका प्रतिनिधि ओसाका तथा डाइची, शारीरिक अपांग कृष्ण सुवेदी, रमेश कार्की, संगिता अधिकारी लगायतले बोलेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad