• Ad

Samadhan National Daily

  • Ad

मर्दीमा हराएका डच नागिरक कोर्री अझै भेटिएनन्

काठमाडौं, १९ बैशाख:

गत फागुन८ देखि मर्दी आधार शिविर ४ हजार ५ सय मिटरआसपासबाट हराएका डच नागरिक ४९ वर्षीय कोर्री भन् भेग्गेललाई खोज्न विभिन्न टोलीपरिचालन गरिएको छ । उनलाई खोज्न नेपाल प्रहरीले पनि विभिन्न टोली खटाएको छ ।

कोर्रीलाई खोज्न पर्यटन प्रहरी महिनौं अघिदेखि विभिन्न टोलीमा खटिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीको तर्फबाट पनि १ हप्ताअघि देखि टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोली मंगलबार फर्किएको छ ।

पछिल्लो समयमा कोर्रीलाई खोज्नका लागि कुकुर परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहका अनुसार जाडोमा पनि बाच्न सक्ने तालिम प्राप्त कुकुरलाई लिएर विशेष टोलीले खोजी गरिरहेको छ । कुकुरसहितको टोली खटिएपछि कोर्रीछिट्टै भेटिने अपेक्षा प्रमुख सिंहले गरे ।

कोर्रीलाई भेटनेलाई पुरस्कार स्वरुप ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ । मर्दी हिमाल पदमार्गका सबैजसो होटलमा कोर्री हराएको सूचना पनि टासिएको छ । पदयात्राको बाटो सजिलो नभएको कारण खोजी कार्यमा खटिएका टोलीलाई काम गर्न गाह्रो भएको छ । उक्त स्थान वरिपरि फोनसमेत लाग्दैन ।

पोखराबाट खटिएको टोलीमाथिल्लो भागमा खोजीका लागि जाँदा टोलीका सदस्यहरु नै बिरामी भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार २ जना बिरामी भएका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad