Samadhan National Daily

      मारुनी नाच जोगाउने प्रयास

      पर्वत, १९ बैशाख:

      लोपोन्मुख आवस्थामा रहेको मारुनी नाच जोगाउन मगर समुदाय पर्वतमा जुटेका छन् । पुरुषलाई महिलाको भेषमा सजाएर पौराणिक कथामा आधारित भएरमारुनी नाच देखाइन्छ ।

      पर्वतका मगर समुदायले यो नाच परम्परागत समयदेखि नै नचाउँदै आएका छन् । ‘पुरानो पुस्ताको मृत्यु पछि पनि नयाँ पुस्ताले यसको महत्व जोगाउँदै आएको छ,’बनौका हुमबहादुर पुर्जाले बताए ।

      नाचमा २ मारुनी, २ देखि ३ मादले, १ पुरसिङ्गे र ६देखि १० जनासम्म गायक हुन्छन्,उनले भने,‘गायकमा १ गुरु हुन्छन्, जसलाई मारुनी नाचका बारेमा जानकारी हुन्छ ।’

      नेपालका मगर, गुरुङ, तामाङ, लिम्बु जातिको मुख्य संस्कृति पनि हो । ‘गुरुङ र मगर समुदायमा व्याप्त मारुनी नाच संरक्षणका लागि आफूहरु लागिपरेको,मगर युवा माझमा सक्रिय सोमबहादुर पुनले भने,‘नयाँ पुस्तालाई यसमा लाग्न प्रेरित गरिरहेका छौं ।’

      परम्परागत नाचकोरुपमा रहेको मारुनी, सालैजो, यानीमाया र सुनिमाया भाकाको संरक्षण गर्न राज्य स्तरबाट चासो नभएकोमा गुनासो छ । ‘राज्य स्तरबाट कुनै सहयोग छैन’ बाँसखर्कका थमानसिंह पुर्जाले भने,‘संस्कृति जोगाउन राज्यले चासो नदिँदा पुराना पुस्ताको अवसानसँगै परम्परागत नाच पनि हराउँदै जाने चिन्ता लागेको उनले सुनाए ।

      ‘संरक्षणमा कसैले चासो नदिँदा भविष्यमा नयाँ पुस्ताले यसको ज्ञान लिन सक्दैनन्,’ उनले भने ।


      प्रतिकृया दिनुहोस्