Samadhan National Daily

      पोखरामा ब्राम्हण समाज नेपालको केन्द्रीय कार्यालय

      , २० बैशाख:

      ब्राम्हण समाज नेपालको केन्द्रीय कार्यालय भवनको पोखरामा बुधबार शिलान्यास गरिएको छ । समाजले पोखरा महानगरपालिका–८, ज्ञानकुञ्जमार्गमा आफ्नै भवन बनाउन थालेको हो ।

      भवन प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले शिलान्यास गरे । करिब १० करोड लागतमा बन्नेभवनमा सभाहलसहितका कोठा हुने छन् । भवन बनाउन रकम जुटाउनेगरी २०६९ मा महायज्ञ गरिएको थियो ।

      समाजका जिल्ला अध्यक्ष रामप्रसाद बस्ताकोटीका अनुसार भवन बनाउन समाजले केही वर्षअघि नै १ रोपनी भन्दा बढी जग्गा किनिसकेको थियो । त्यही जग्गामा भवन बनाउन थालिएको हो । अपुग रकम स्थानीयले संकलन गरेका छन् ।

      भवन २ वर्षभित्र बनिसक्ने उनले बताए ।प्रदेश प्रमुख कुँवरले उच्चसंस्कार र चरित्र अंगालेको ब्राम्हण समाजलाई अग्रता दिलाउनसहकार्य गर्नु जरुरी रहेको बताए । भवन बनेपछि वैदिक विधिका कार्यक्रम गर्न सहज हुुने उनले बताए ।

      बाहिरबाट आउने पाहुनाका लागि अतिथिकक्ष, योगहाउस, आवासको रुपमा यो भवन उपयोग हुने अध्यक्ष बस्ताकोटीले बताए । उनका अनुसार भवनमा वैदिक विधि झल्कने यज्ञकुण्ड, वेदशाला, अग्नीकुण्ड पनि राखिनछन् ।

      कार्यक्रममा समाजका संस्थापक केन्द्रीय अध्यक्ष प्राडा नारायणप्रसाद अधिकरी, क्षेत्री समाजका संस्थापक अध्यक्ष प्राडा दिलबहादुर क्षेत्री, ब्राम्हण समाजका केन्द्रीय उपाध्यक्ष महेश पराजुली, सचिव भेषराज लम्साल, केदारेश्वर महादेवमणि सेवा आश्रमका पीठाधीश डा. लेखनाथ आचार्य, नगर सभापति चिरञ्जीवी बराल, जिल्ला उपाध्यक्ष डिल्लीरमण बास्तोला र सचिव विश्मोहन पौडेलले बोलेका थिए ।

      भवनको डिजाइन बाबुराम बरालले गरेका छन् ।


      प्रतिकृया दिनुहोस्