• Ad

Samadhan National Daily

  • Ad

बिहादीमा पहिलो पटक बैंक

, २० बैशाख:

पर्वतको दक्षिणी भेगमा रहेको बिहादी गाउँपालिकाको भुषाल चोकमा वुधबारदेखि प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ ।

पछिल्लो समय सदरमुकाम केन्द्रित बैंकका शाखा हरेक स्थानीय तहमा पु¥याउने सरकारको नीति अनुरुप बैंक विस्तार गरिएको हो । बिहादी गाउँपालिका प्रमुख कमलप्रसाद भुषालले गाउँगाउँमा बैंकको सेवा पुग्नु आर्थिक पक्ष प्रभावकारी हुुनुकोे संकेत भएको बताए ।

गाउँपालिकामा सञ्चालनमा आएको बैंकलाई आर्थिक कारोबारको भरपर्दो मान्न उनले स्थानीयलाई आग्रह गरे । प्रभु बैंकका क्षेत्रीय प्रबन्धक पेशल दाहालले प्रभुको यो शाखाले काठमाडौको केन्द्रीय कार्यलयसरहको सेवा, सुविधा दिने दाबी गरे ।

‘प्रभु बैंकमा हालसम्म देशभरिका १० लाख ग्राहक सन्तुष्ट छन्,’ उनले भने र उनले सो क्रममा बैंकको नेटर्वक र पुँजीको अवस्थाबारे पनि प्रकाश पारे । बिहादी गाउँपालिकामा प्रदेश नम्बर ४ को अन्तर्गत २३ औं शाखा स्थापना भएको बताउँदै उनले उनले अब छिट्टै ११ वटा क्षेत्रमा शाखा स्थापना गर्नेसमेत सुनाए ।

गाउँपालिका उपाध्यक्ष डम्मरकुमारी गुरुङले अब यहाँका नागरिकले कमाएको सम्पत्ति ढुक्कले राखी कारोबार गर्न सक्ने बताइन् । उनले गाउँपालिकाभित्रका हरेक संघ, संस्थाको आर्थिक कारोबार प्रभु बैंकबाट हुनेसमेत सुनाइन् ।बैंक कुश्मा शाखाका प्रमुख हेमन्तबाबु आचार्यले जिल्लामा प्रभु बैंकका शाखा कार्यलय२ ठाउँबाट सञ्चालनमा आएकाले सेवा थप प्रभावकारी भएको उल्लेख गरे ।

बिहादी गाउँपालिका प्रमुख कमलप्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रम प्रभु बैंक क्षेत्रीय कार्यालयका उत्तमकुमार राजभण्डारीले सञ्चालन गरेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad