• Ad

Samadhan National Daily

  • Ad

भलिबल छनोट प्रतियोगिता

, २० बैशाख:

खेलकुद विकास समिति पोखरा महानगरपालिका वडा नं. २१ द्वारा आयोजित टोल तथा क्लबस्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, पर्यटन विकासका लागि खेलकुद’ भन्ने उद्घोषका साथ जनचेतन मावि निर्मल पोखरीमा यही वैशाख १७ र १८ गते भएको प्रतियोगितामा सिमलचौर युवा क्लब प्रथम र ठूलाचौर युवा क्लब द्वितीय भएका छन् ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको छ ।

ठूला चौर युवा क्लबका सरोज थापा वेस्ट स्पाइकर, सिमलचौर युवा क्लबका सुभाष केसी बेस्ट ब्लकर, सिमलचौर युवा क्लबकै ध्रुव कार्कीले बेस्ट सेटर, उक्त क्लबकै अमीर कार्कीले बेस्ट प्लेयर, ठूलाचौर युवा क्लबका राजकुमार थापाले बेस्ट डिफेन्स र संघर्षशील युवा क्लबका सुमन नेपालीले बेस्ट सर्भरको उपाधी पाए ।

पोखरा वडा नं. २१ का वडाध्यक्ष खगराज आचार्यले खेलकुदको माध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

खेलकुद विकास समिति वडा नं. २१ का वडाध्यक्ष नारायणबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्की, त्रिभुवन ग्रामीण विकास विभागका पूर्व प्रमुख डा. प्रेम शर्मा लगायतले बोलेका थिए ।

भरत भट्टराईले स्वागत तथा कार्यक्रम सञ्चालन सचिव विजय पौडेलले गरेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad