• Ad

Samadhan National Daily

  • Ad

क्यान्सर सचेतना छलफल

पाेखरा, २३ बैशाख:

७६ जनाबढी स्थानीय सहभागिता रहेको सचेतना छलफलमा अर्बुदरोग निवारण संस्था कास्की शाखाका सभापति रामचन्द्र थापा, पोखरा–१८ का वडा सदस्य हरि लम्साल, भोजकुमारी थापा, रोटरी क्लब अफ अन्नपूर्णका पूर्व ७५ क्यान्सर रोगको अवस्था र निवारण विषयक क्यान्सर सचेतना भएको छ ।

नेपाल अर्बुदरोग निवारण संस्था, रोटरी क्लब अफ अन्नपूर्ण र आरसीसी अन्नपूर्ण सराङकोटको आयोजनामा पोखरा–१८, स्थित सराङकोट लामागाउँमा भएको हो ।

अध्यक्ष डिल्लीप्रसाद शर्मा, संंस्थाका सचिव नारायण पराजुली, प्रथम उपाध्यक्ष प्रेम भुजेल लगायतले बोलेका थिए । सचेतनामा वृत्तचित्र र कार्टुनका माध्यमबाट क्यान्सर रोगको कारण, अवस्था र निवारण गर्ने जानकारीमूलक प्रस्तुति थियो ।

वातावरण प्रदूर्षण, प्लास्टिक र यसको प्रयोग, वातावरणमा पार्ने प्रभाव, सूर्तिजन्य तथा मादक पदार्थ सेवन, विषादी र विषादी प्रयोग गरेका खाद्य पदार्थ र मानव स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकारी दिइएको थियो ।

छलफलमा चिनी, मैदा, मसलायुक्त खानेकुरा, पोलेको मासु तथा परिकार, सूर्तिजन्य तथा मादक पदार्थको सेवन, विषादी प्रयोग गरिएका खाद्य पदार्थका कारण क्यान्सर रोग लाग्ने हुँदा प्रयोगमा सचेत भई नियमित स्वास्थ्य परीक्षण र दैनिक व्यायममा जोड दिइएको थियो ।

आरसीसी अन्नपूर्ण सराङकोटका उपाध्यक्ष दीनेश श्रेष्ठ, रोटरी क्लब अफ अन्नपूर्णका अध्यक्ष बाबुराम बराल, आरसीसी अन्नपूर्ण सराङकोटका अध्यक्ष दिलु गुरुङ, रोटरी क्लब अफ अन्नपूर्णका पूर्वअध्यक्ष कृष्णमान गुभाजू, जनपुकार मुनाकर्मी र नेपाल अर्बुद रोग निवारण संस्थाका निवर्तमान सभापति रामप्रसाद वस्ताकोटी, उपाध्यक्ष विश्वमोहन अधिकारी, सहकोषाध्यक्ष सुवर्ण कोइराला, सदस्य मुना वास्तोलाले क्यान्सर हुनबाट बच्न व्यक्ति मात्र सक्षम नभै सिंगो समाजले रोकथाममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad