• Ad

Samadhan National Daily

  • Ad

जन्मथलो ढिकुरपोखरीमा घडेरी खोज्दै प्रचण्ड

पाेखरा, २३ बैशाख:

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुन कार्यक्रममा जान्छन्, त्यहाँका माहोल अनुसार भाषण गर्न खप्पिस मानिन्छन् ।

१९ फागुनमा कास्कीको ढिकुरपोखरी लगायत गाउँबाट काठमाडौं गएर बस्नेहरुको समाजको साधारण सभामा पनि सहभागीहरुसँग आत्मीयता दर्शाउने भावुक भाषण गरे ।

उनले त्यतिबेला भनेका थिए, ‘सोच्दैछु एउटा झुप्रो ढिकुरपोखरीमा हालौं, त्यसो गर्न सके त्यहाँको विकासमा साझेदारी गर्न पाउँथे ।’ नभन्दै प्रचण्ड घडेरी खोज्दै शनिबार ढिकुरपोखरी पुगेका छन् ।

पार्टी नेता र परिवारका सदस्यसहित जन्मथलो पुगेका प्रचण्डले माछापुच्छ्रे हिमाल देखिने ठाउँको जमिन हेरेका छन् । प्रचण्डले पर्यटनकर्मी हरिध्वज तुलाचनको जग्गा मन पराएको माओवादीका स्थानीय नेताले जनाएका छन् ।

तुलाचनले पनि आफ्नो जमिन हेरेरपछि निर्णय गर्ने बताएको पुष्टि गरे । प्रचण्डले ५ रोपनी जति जमिन खोजेको बताइएको छ । बागलुङ राजमार्गबाट झन्डै आधा किलोमिटर भित्रपट्टिको जमिन उनले हेरेका थिए ।

पर्यटनकर्मी तुलाचनले २०४० सालपछि ढिकुरपोखरीमा सय रोपनीभन्दा बढी जमिन किनेर राखेका थिए । साविक ढिकुरपोखरी गाविसको वडा नम्बर ९ लेबाडेका प्रचण्ड जन्मिएका थिए ।

२०१९ सालमा उनको परिवार सबै पुख्र्याैली जायजेथा बिक्री गरी चितवनको शिवनगरमा बसाइँ गएको थियो । घडेरी खोज्न जाँदा प्रचण्डले स्थानीय बासिन्दासँग बाल्यकालको सम्झना सुनाएका थिए ।

गाई चराउन जानेगरेको र फर्कंदा दाउरा बटुलेर ल्याउने गरेको सम्झना आइरहने उनले सुनाए । ‘मेरो बचपनका यादहरु अझै ताजा छन्,’ उनले भने, ‘यहाँका जनतासँग मेरो भावनात्मक र आत्मीय सम्बन्ध छ ।’

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले प्रचण्ड ढिकुरपोखरीमा घर बनाएर बस्न थाल्ने हो भने प्रदेश ४ कै समृद्धि र विकासमा योगदान पुग्ने विचार राखे ।

उनले भने, ‘हाम्रो नेताज्यूलाई मैले उहाँकै निवासमा पुगेर भेटेको छु, अन्नपूर्ण गाउँपालिकाका समस्याबारे जानकारी गराएको पनि छु, यहाँ अहिले सबैभन्दा ठूलो समस्या खानेपानीको छ ।’

प्रचण्डले आफ्नी बुहारी बिना मगर खानेपानी मन्त्री भएको हुँदा उनकै पालामा ढिकुरपोखरीको समस्या समाधान हुने विश्वास दिलाए । उनले भने, ‘मैले बिनालाई भनिसकेको छु ।’

उनले यसअघि ढिकुरपोखरी आउँदा पोलिटेक्निकल इन्स्टिच्युट निर्माण गर्ने प्रतिबद्धता गरेको फेरि स्मरण गरे । बिजुलीको समस्या समाधानका लागि सहजीकरण गरिदिन प्रचण्डले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई आग्रह गरेका थिए ।

प्रचण्डले शनिबारै पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गरी कार्यकर्ता भेटघाटसमेत गरेका थिए ।

कम्युनिस्ट सिद्धान्तका प्रतिपादक कार्ल माक्र्सको द्विशतवार्षिक जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेसँगको पार्टी एकतालाई बिट मारेर आएको जानकारी कार्यकर्तालाई दिएका थिए ।

‘काठमाडौं फर्किएपछि एकताको घोषणा हुन्छ’, उनले भने । मदन भण्डारीले आफू नेतृत्वको नेकपा माले ठूलो हुँदा हुँदै पनि सानो पार्टी माक्र्सवार्दीका मनमोहन अधिकारीलाई अध्यक्ष मानेको प्रचण्डले सुनाए ।

एमाले र माओवादी एकतापछि छुट्टै पार्टी बन्ने उनको भनाइ थियो । ‘एकतापछि पनि एमाले एमाले नै रहने माओवादी माओवादी नै रहन्छ भन्ने कतिपयलाई लागेको होला त्यस्तो होइन,’ उनले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad