Samadhan National Daily

      मिस प्रिन्सेसको ट्यालेन्ट सो

      पाेखरा, २४ बैशाख:

      सरगम सांस्कृतिक कला केन्द्रद्वारा आयोजित मिस प्रिन्सेस कास्की¬२०१८ को प्रतिभा प्रस्फुटन कार्यक्रम भएको छ । सारेगम इन्टरटेन्मेन्ट हाउसका अध्यक्ष सुशील नेपालीले यस्ता कार्यक्रमले बाल बालिकाको भविष्य उज्ज्वल बनाउन मद्दत पुग्ने बताए ।

      ८ देखि १४ वर्ष उमेरका बालबालिकाको कला र प्रतिभा निर्खाने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा मेरिजन गुरुङ, विपाशा थापा, स्नेहा श्रेष्ठ, संचिता थापा, जसिका गुरुङ, पालना थापा, एन्जल गुरुङ, आस्था कायस्थ, रोसनी गुरुङ, सलिना बगाले, सिर्जना थापा, सिम्रन सिग्देल, सुस्मिता बन्जरा र तमन्ना श्रेष्ठ गरी१४ जनाले सहभागी भएको कार्यक्रमका संयोजक सुनील थापाले जानकारी दिए ।

      पोखरामा विगत ५ वर्षदेखि स्थापित सारेगम सांस्कृतिक कलाले पहिलो पटक आयोजना गरेको मिस प्रिन्सेस कास्की २०१८ प्रतियोगिताको ट्यालेन्ट सो मा कलाकार सुजीत गुरुङ, रोहित गुरुङ र मोडल एलिस पुन तथा गायक निखील गुरुङ निर्णायक रहेका थिए ।

      वैशाख २९ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा अन्तिम प्रतिस्पर्धी हुने प्रतियोगितामा विजेताले नगत पुरस्कार, चाँदीको क्राउन तथा म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउनेछन् ।

      सरगम सांस्कृतिक कला केन्द्रकी डाइरेक्टर प्रीति गुरुङको अध्यक्षतामा ट्यालेन्ट सो कार्यक्रममा गुरुङ फिल्म निर्माता ईश्वर गुरुङ, अभिभावक संगीता अधिकारी तथा मिस क्विन – २०१८ की विजेता सिम्रन गुरुङले बोलेका थिए ।

      कार्यक्रममा सपना थापाले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन अन्जना गुरुङले गरेकी थिइन् ।


      प्रतिकृया दिनुहोस्