• Ad

Samadhan National Daily

  • Ad

पोखरा १० मा ट्राफिक सचेतना

पाेखरा, २६ बैशाख:

नेपाल रेडक्रस सोसाइटी उपशाखा १० ले ट्राफिक सप्ताह २०७५ को अवसरमा रेडक्रस जिल्ला शाखा कास्की र ट्राफिक प्रहरी कार्यालय कास्कीको सहयोगमा रामघाट पोखरामा १ दिवसीय ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।

कार्यक्रम उपशाखा १० का सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट सदस्य टुकाराम लामिछानेले सवारी दुर्घटना न्यूनीकरणमा गाडी चालक, सडकको अवस्था, सवारी साधन, यात्रु र पैदलयात्री लगायतको भूमिका रहने बताए ।

‘सानो कमीकमजोरीबाट पनि ठूलो दुर्घटना हुन सक्छ र दुर्घटनापछि पछुताउनु बाहेक केही हुँदैन,’ उनले भने, ‘परिवारको खुसी खोसिने, परिवार विचलित, अस्तव्यस्त हुन्छ ।’

आमा समूहका अध्यक्ष अनिता तिमिल्सिनाले दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र यात्रुहरू र पैदलयात्री होसियार हुनुपर्ने खाँचो औंल्याइन् ।

रेडक्रस जिल्ला शाखा कास्कीका उपसभापति एवं कृष्ण तिमिल्सिनाले रेडक्रसले सवारी दुर्घटना न्यूनीकरण कार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँग सहयोगी संस्थाको रूपमा हातेमालो गर्दै आएको बताए । ‘सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्र सम्भव हुँदैन, सवारी चालक, यात्रु र पैदलयात्रीले ट्राफिक नियमको पालना गर्नुपर्छ,’ उनले भने ।

रेडक्रस उपशाखा १० का सभापति सम्मरबहादुर श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यक्रममा सिकेका कुराहरू घर परिवारमा सिकाउनुपर्ने पैदलयात्रीले दायाँ बायाँ हेरेर बाटो काटनुपर्ने, चालकले तोकिएको ठाउँमा मात्र सवारी चढाउने र झार्ने, यात्रु नआत्तिकन चढ्ने र झर्ने सबैले ट्राफिक नियम पालना गरे दुर्घटना न्यूनीकरण गर्न सकिने जानकारी गराए ।

कार्यक्रममा प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक राजकुमार केसीले दिन प्रतिदिन सवारी साधनको चाप बढिरहेको, सडकको क्षमता विस्तार हुन नसकेको सुनाए ।

उनले सवारी चालक, सडकको अवस्था सुधार, यात्रु र पैदल यात्रु होसियार हुन नसक्दा दिन प्रतिदिन सवारी दुर्घटना बढिरहेको बताए । उनले प्रोजेक्टरमार्फत हाल भइरहेको दुर्घटनाको अवस्था दुर्घटनाको कारण र कसरी दुर्घटना कम गर्न सकिन्छ भन्ने सम्बन्धमा प्रस्तुति दिएका थिए ।

प्रत्येक वर्ष विश्वमा १३ लाख मानिसको मृत्यु हुने गरेको २ करोड ५० लाख मानिस घाइते र अंगभंग हुने केसीले सुनाए । नेपालमा दैनिक ६ जनाको मृत्यु, १५ जना घाइते र अंगभंग २५ जना सामान्य घाइते हुने र वार्षिक ५० हजार जना घाइते र अंगभंग भइरहेको जानकारी केसीले गराए । विकासोन्मुख राष्ट्रमा सवारी दुर्घटना बढी हुने उनले सुनाए ।

नेपालमा मोटरसाइकल र स्कुटीबाट ३६ प्रतिशत दुर्घटना भइरहेको तथ्यांक पनि उनले राखे । ‘१६ देखि ४४ वर्ष उमेरका चालकबाट धेरै दुर्घटना भइरहेका छन्,’ उनले भने ।

सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी ऐन अनुसार चालक अनुमतिपत्र प्रदान गर्ने, सडकको अवस्था सुधार गर्ने, सवारी साधनलाई मर्मत गर्ने, ट्राफिक संकेतहरू राख्ने, छतमा यात्रा नगर्ने नगराउने आवश्यकतामा उनले जोड दिए ।

‘जथाभावी सवारी साधान नरोक्ने, निश्चित ठाउँमा गाडी रोक्ने, यात्रु चढाउने र झार्ने गर्नुपर्छ,’ उनले भने, ‘चौपाया सडकमा नछाड्ने, ओभर ट्रेक गर्दा साइड हेरेरमात्र गर्ने गर्नुपर्छ ।’

ट्राफिक सप्ताह अन्तर्गत उपशाखा १० ले ७ दिनसम्म तालिम प्राप्त स्वयं सेवकहरूबाट अमरसिंह चोकमा ४ बजेदेखि ५ः३० सम्म पर्चा, पम्पलेटसहित पैदल यात्रीलाई सडक पार गर्दा जेब्रा क्रसबाट हिँड्न सिकाएको थियो ।

कार्यक्रममा स्वागत उपशाखाकी कोषाध्यक्ष सीता तिमिल्सिना, रेडक्रसका ७ सिद्धान्तवाचन पदमबहादुर कार्कीले गरेका थिए । कार्यक्रम सञ्चालन उपशाखाकी सहसचिव कलावती शर्माले गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad