• Ad

Samadhan National Daily

  • Ad

राष्ट्रपति कपको उपाधि गौरीशंकर माविलाई

पाेखरा, २६ बैशाख:

कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कास्की जिल्ला स्तरीय १० औं राष्ट्रपति कपको उपाधि हेमजाको गौरीशंकर माविले जितेको छ । गोरीशंकरले ओभरअलमा ८ स्वर्ण, ७ काश्य र १ रजत पदक प्राप्त गरी उपाधधि जितेको हो ।

प्रतियोगितामा गौरीशंकरले एथ्लेटिक्समा ८ स्वर्ण, ५ रजत र १ काश्य र कब्बडीमा २ रजत प्राप्त गरेको थियो । गौरीशंकर २०७२ सालको समेत च्याम्पियन हो । उपाधि जितेको गौरीशंकरले प्रथम पुस्कार नगद १५ हजारसहित आर्कषक रनिङ सिल्ड प्राप्त गरेको छ ।

गौरीशंकरले विद्यालयमा खेलकुद पूर्वाधारका लागि थप नगद ३५ हजार समेत पाएको हो । प्रतियोगितामा गत वर्षको च्याम्पियन टप्स माविले ५ स्वर्ण, २ रजत र ७ काश्यमा चित्त बुझउँदै दोस्रो भएको छ ।

टप्सले एथ्लेटिक्समा १ रजत र ६ काश्य, उशुमा ४ स्वर्ण, १ रजत र १ काश्य तथा भलिबलमा १ स्वर्ण जितेको थियो । उसले नगद पुस्कार १२ हजार प्राप्त गरेको छ । टप्स मावि २०७०, २०७१ र २०७३ को च्याम्पियन हो ।

प्रतियोगितामा त्रिवेणी बेर्डिङले तेस्रो स्थान हासिल गरेको छ । उसले प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ७ काश्य पदक हासिल गरेको थियो । त्रिवेणीले एथ्लेटिक्सतर्फ ५ स्वर्ण, १ रजत र ६ काश्य तथा कब्बडीमा १ रजत प्राप्त गरेको छ । उसले तेस्रो स्थानसँगै नगद ९ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा सहभागी विद्यालयका करिब २ हजार खेलाडीलाई पछि पार्दै त्रिवेणी बोर्डिङ स्कुलका विवेक अधिकारी उत्कृष्ट खेलाडी घोषित भए । छात्रातर्फ शान्तिदीपकी बुद्धीमाया मगर उत्कृष्ट खेलाडी घोषित भइन् । उनी कब्बडी खेलकी राष्ट्रिय खेलाडी समेत हुन । जिल्ला खेलकुद विकास समिति कास्कीले उनीहरुलाई जनही नगद १० हजार छात्रवृत्ति स्वरुप प्रदान गरेको छ ।

विजेता विद्यालय र खेलाडीलाई पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष याम गुरुङ, राखेप कर्मचारी प्रतिष्ठानका अधिकृत लेखनाथ कट्टेल र शुकुमार थापा, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य देवेन्द्र क्षेत्री, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, जिल्ला खेलकुद विकास समितिका सदस्य विष्णुमाया गुरुङ, सदस्य झलक पोख्रेल, कोषाध्यक्ष दीपक गोदार, भलिबल संघका केन्द्रीय सचिव डिबी नेपाली लगायतले ट्रफी, मेडल, कप, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।

कार्यक्रममा २०७५ जेठ १८ गते देखि सञ्चालन हुने प्रदेश नं ४ स्तरीय१० औं राष्ट्रपतिरनिङ सिल्ड प्रतियोगितामा छनोटमा परेका खेलाडीको नाम समेत घोषणा गरिएको थियो । क्षेत्रय स्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई यसवर्षदेखि प्रदेश स्तरीय बनाइएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरालका अनुसार सम्पन्न भएका प्रतियोगितामा तीन पटकसम्म पश्मिाञ्चलले सिल्ड कब्जा जमाएको थियो । यस पटक पनि सोही अनुसारको तयारी थाल्ने भन्दै उनले सबै छनोटमा परेका खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाइएको बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad