• Ad

Samadhan National Daily

  • Ad

भीमकाली सेभेन ए साइड कपको उपाधि संगमलाई

पाेखरा, २७ बैशाख:

दोस्रो भीमकाली सेभेन ए साइड कपको उपाधिका संगम फुटबल क्लबले हात पारेको छ ।बुधबार पुरानो टुँडिखेलमा भएको फाइनल खेलमा संगमले तारा फुटबल क्लबलाई १—० ले पराजित गर्दै उपाधिजितेको हो ।

उपाधिसँगै सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १ लाख २५ हजार प्राप्त गर्यो । त्यस्तै उपविजेता टिम तारा फुटबल क्लबले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ७५ हजारमा चित्त बुझायो ।

उक्त खेलमा निर्णायक गोल गर्न सफल संगम फुटबल क्लबका टंक गुरुङ म्यान अफ दी म्याच घोषित भए । गुरुङले नगद ५ हजारको साथमा आकर्षक मोबाइल सेट, ट्रफीसहित प्याराग्लाइडिङ गर्ने अवसर प्राप्त गरे ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकको रुपमा संगम फुटबल क्लबका गोल रक्षक राजन गुरुङ घोषित भए । उनले नगद ५ हजार, १ थान डिसहोम तथा १ सेट आकर्षक मोबाइलसहित निशुल्क प्याराग्लाइडिङ गर्ने अवसर प्राप्त गरे ।

तारा फुटबल क्लबका रोशन हिराचन प्रतियोगिताकै उत्कृष्ट डिफेन्डर बन्न सफल भए, डिफेन्डिङ च्याम्पियन दीप युनाइटेडका स्टेफेनले प्रतियोगिता अवधि भर ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए । उनीहरुले जनही ५ हजारको साथमा ट्रफी र निशुल्क प्याराग्लाइडिङ गर्ने अवसर हात पारे ।

६७ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताबाट अन्तिम चारमा पुग्न सफल रत्न समाज सेवा कस्केरी अनुशासित टिमको रुपमा घोषित हुँदै नगद ५ हजारसहित ट्रफी प्राप्त गर्यो ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई अखिल नेपाल फुटबल संघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) लगायतले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा बोल्दै अध्यक्ष शेर्पाले फुटबल क्षेत्रमा अब नौलो आयाम थपिने बताए ।

उनले सीमित पक्षले एन्फालाई उल्टो दिशा तिर निर्देशित गरेको औल्याउँदै फुटबल क्षेत्रमा विकासले गति लिन नसकेको बताए । समापन कार्यक्रममा एन्फाका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ लगायतले बोलेका थिए ।

भीमकाली क्लबका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भाइराज राना मगरले गरेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad