• Ad

Samadhan National Daily

  • Ad

पर्यटन विकासमा कुरा बढी, काम कम

लेखनाथ, २८ बैशाख:

पोखरा महानगरपालिकामा साविक पोखरा उपमहानगरपालिकामा झैं यो वर्ष पनि पर्यटन विकासका लागि विशेष बजेट छुट्टिएन ।

वातावरणीय विकासका लागि छुट्याइएको १० प्रतिशत बजेटबाट तानतुन गर्दा मुस्किलले करिब १ प्रतिशत बजेटले पर्यटनलाई छुन्छ । बिडम्बना त्यही बजेट पनि खर्च हुन मुस्किल छ ।

पोखरा–६ लेकसाइडका हेमन्त ढकाल झण्डै ७ वर्षअघि त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा प्राणीशास्त्र पढ्दै गर्दा बनाएको योजना अहिले कुनै सरकारी निकायको सहयोग बिना नै साकार पार्दै छन् ।

वन्यजन्तु संरक्षण र पर्यटन विकासमै शोधपत्र समेत बनाएका ढकाल साविक उपमहानगरपालिकाको विकास बजेट छुट्याउने तरिका देखेरै हैरान परेका थिए । उति बेला उनले सोचेका थिए, ‘युवाको उत्साह र जाँगरलाई साथ दिन सम्पूर्ण निकाय तयार हुन्छन् ।’

अझ पोखरा त पर्यटकीय क्षेत्र, पर्यटनसम्बन्धीकाम गर्छु भन्दा अवसर नपाउने कुरै भएन । अनुसन्धानमुलक कार्यक्रम गर्न आर्थिक स्रोतका लागि स्थानीय क्लबमार्फत तत्कालीन उपमहानगरपालिकामा प्रस्तावना लिएर गएका थिए उनी । उति बेला पर्यापर्यटन विकासका लागि भनेर छुट्टै बजेटनै थिएन ।

वातावरणीय विकास अन्तर्गतको रकम हिसाब गर्दा जम्माजम्मी २० हजार रुपैयाँमात्र पर्यटनकेन्द्रित थियो । त्यो पनि सरोकारवालाबीच छलफलका लागि ।

‘अब सरकारी निकायको पछि लाग्न छोडियो, बरु स्वंयसेवक रुपमा भएपनि आफ्नो तरिकाले काम गर्दा उपलब्धिमूलक हुने रैछ,’ हाल पोखरा पंक्षी समाजका सचिव तथा पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभागका सहप्राध्यापकसमेत रहेका ढकालले भने ।

पोखरामा पर्यटनका नीति र कार्यक्रम कार्यान्वयन कम नै हुन्छन् । समस्याको मुख्य जड हो, सतही कार्यक्रम र अनुत्पादक कार्यान्वयन । यहाँ विकासका प्राकृतिक पूर्वाधार पर्याप्त छन् भन्ने निष्कर्षमा प्रायःबहस टुंगिन्छन् । काम गर्ने तरिका र चाहना भएकाले बजेट र अधिकार नपाउने र बजेट र अधिकार हुनेले काम गर्ने मेसो नपाउने अवस्था छ ।

पोखरा आएका पर्यटक विमानस्थलमा ओर्लिएदेखि फर्किदासम्म सुरक्षित, सुलभ बसोबास र यातायातको व्यवस्थापनभएमामात्र अर्कोपटक आउँछन् । यसै अनुरुप स्थापना भएको पोखरा पर्यटन परिषदको जिम्मेवारी आगामी दिनमा के हुने भन्ने विषयमा कतैचासो दिइएन ।

संघीयता र स्थानीय तहको पुनर्संरचनासँगै परिषदलाई प्राधिकरणमा परिणत गर्ने र एकद्वार प्रणालीबाट स्थानीय आवश्यकता सम्बोधन हुनेगरी पर्यटन गतिबिधि सञ्चालन गर्ने चाहना स्थानीय पर्यटनकर्मीको थियो । तर, उनीहरुको परिकल्पना न नवसंरचित पोखरा महानगरपालिका, न त प्रदेश मन्त्रीपरिषदले हालै पारित गरेको नीति तथा कार्यक्रमले नै समेट्यो ।

पोखरामा अझै पनि साना ठूला थुप्रै समस्या छन् जसले गर्दा पर्यटनसम्बन्धी गतिविधि अपेक्षाकृत उत्पादनमूलक हुन सकेका छैनन् । प्रोत्साहन, हौसल, निगरानी, नियमन र सबैभन्दा मुख्य कुरा स्थानीयको चासो नभएकै कारण समस्या आएका छन् ।

साविक स्थानिय निकायमा विकासका लागि स्थानीयवासीलाई दिइएको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भनेको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको पर्यटन समितिमा सदस्यता जनाउनु थियो । यही बैठकमा पर्यटनव्यवसायीले दिएका धेरै सुझाव माइन्युटमात्र भए, कार्यन्वयनमा गएनन् ।

अहिले पोखरामा मुख्यतया तारे होटलको संख्या बढाउन, पर्यटकीय गन्तव्य तथा सम्पदा पहिचान गर्ने, लेखनाथको पचभैयामा अन्तर्राष्ट्रिय चिडियाखाना बनाउने, तनहुँ र कास्कीको सिमाना कोत्रेमा रक गार्डेन बनाउने, ९ वटै ताल संरक्षण परियोजना सञ्चालन गर्न यहाँ पर्यटन व्यवसायीको माग छ ।

तर यी सबै काम गर्नका लागि नेपाल पर्यटन बोर्डको केही महिनाअघि पोखरामा बसेको क्षेत्रीय कार्यालयसँग समन्वय गर्न पनि पाइने\नपाइने अन्योल छ पोखरा पर्यटन परिषदलाई । वस्तुगत अध्ययन र स्थानीय आवश्यकता चिन्नका लागि स्थानीय पर्यटनकर्मीलाई सरकारले नै जिम्मेवारी नदिएसम्म यी योजना सार्थक नहुने बताइरहेका छन् उनीहरू ।

‘स्थानीय समस्या, सम्भावना र चुनौतीसँग स्थानीयवासी नै परिचित हुन्छन्, त्यसैले उनीहरुलाई आर्थिक र नीतिगत अग्राधिकारसहितको जिम्मेवारी दिइनु पर्छ भनिरहेका छौं, हेरौं के हुन्छ,’ पोखरा पर्यटन परिषदका वर्तमान अध्यक्ष केदार शर्माले भने ।

नेपाल एसोसियसन फर टुर्स एन्ड ट्राभल एजेन्सिज् (नाटा) पश्चिमाञ्चलका पूर्व अध्यक्ष बासुदेव त्रिपाठी संघीयतापछिको काम भने विस्तृत अध्ययनमुखी, अनुसन्धानमुखी र जनसहभागीतामुखी र परिणाममुखी हुनुपर्छ भन्छन् ।

यहाँ रहेका करिब ५ सय होटलमा सरदर बसाइ डेढ दिनछ । विश्वपरिचित अन्नपूर्ण पदमार्गमा समेत यतिखेर१ दर्जन पदमार्ग बनिसकेका छन् ।

तैपनि होटलहरुले कर छल्ने, नेतृत्वमा पुगेकाहरुले आफ्नो स्वार्थ अनुकूल बिधि, विधान बनाउने र भूमाफियातन्त्रमा मलजल गर्ने लगायतका समस्या मौलाइरहेका छन् ।

होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका निवर्तमान अध्यक्ष दामोदरभक्त थापा भन्छन्, ‘कार्यक्रम र योजनायसँगै निगरानी र अनुगमनको दायरा फराकिलो पार्नुपर्ने स्थानीय आवश्यकता हो ताकि योजना नतुहिऊन र कार्यक्रम उत्पादनमूलक होऊन ।’

पोखराकै अर्का पर्यटन व्यवसायी सूर्य भूजेल विकासका गतिविधिको सबैभन्दा ठूलो पहरेदारी भनेको आफ्नो ठाउँको विकास आँफै गर्नुपर्छ भन्ने कुरामा लक्षित वर्ग वा उपभोक्ताको जागरुकतानै हो भन्छन् ।

समुदाय स्तरबाट विकासका काममा चासो नदिइएकै कारण पर्यटनसम्बन्धी धेरै बजेट फिर्ता जान्छ । पोखरामहानगरपालिका वातावरणीय कार्यक्रम महाशाखा प्रमुख निर्मलमानसिंह भण्डारीका अनुसार अहिलेसम्म वातावरणका धेरै शीर्षक वृक्षरोपण र पार्क निर्माणका लागि छन् ।

१\२ उपभोक्ता समूहले तालसंरक्षण अन्तर्गत तारबार, ड्याम निर्माणका लागि पैसा लग्ने गरेका छन् । ती उपभोक्ता पनि प्राय त्यसक्षेत्रमा आफ्नो जग्गा परेकावाला छन् ।

महानगरपालिकाले कन्सल्टेन्ट झिकाएर कार्यान्वयन गर्नका लागि यसै वर्ष बनाएको पर्यटन गुरुयोजनाको बजेटसमेत अहिलेसम्म जम्माजम्मी एक चौंथाइमात्र खर्च भएको छ । यो गुरुयोजनाअन्तर्गत आउने असार मसान्तसम्ममा १ करोड ३० लाखका कार्यक्रम गर्नुपर्नेमा अहिलेसम्म ३५ लाख रुपैयाँको मात्र काम भएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad