• Ad

Samadhan National Daily

  • Ad

केयूकाे अनलाइन मास्टर डिग्री पर्वतमा

पर्वत, ३० बैशाख:

जिल्लाको आर्दश माध्यामिक विद्यालय र भवानी विद्यापीठ माविमा अनलाइन मास्टर डिग्रीसेन्टर स्थापना हुने भएको छ । काठमाडौं युनिर्भसिटीको अनलाइन मास्र्टर डिग्री कार्यक्रममा विद्यालयबाट फर्मभर्ने सुविधा प्राप्त गर्न सकिने छ ।

काठमाडौं विश्व विद्यालय स्कुल अफ एजुकेसन संकाय अन्तर्गत लिडरसिप म्यानेजमेन्ट र म्याथमेटिक्स इन एजुकेसन आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरी सम्झौता भएकोे छ ।

काठमाडौं विश्व विद्यालयको आयोजना तथा भवानी विद्यापीठर आर्दश माविको संयोजनमा पर्वत र बागलुङ जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा प्रअको सहभागीतामा मास्टर डिग्री सञ्चालन गर्ने भएको हो ।

विद्यालयको गुणस्तर वृद्धिमा प्रअको भूमिका कस्तो हुनुपर्ने विषयमा प्रोफेसर डाक्टर वासुप्रसाद सुवेदी र डाक्टर धनपति सुवेदीले प्रशिक्षण दिएका थिए । प्रअ र समुदायससँग हातेमालो गर्दै समायानुकुल शिक्षा प्रदान गर्नेतर्फ अग्रसर बन्नु पर्ने प्रशिक्षणमा बताएका थिए ।

भवानी विद्यापीठ विद्यालयका पूर्व अध्यक्ष भोलनाथ शर्माले शैक्षिक सुधारको लागि काठमाडाैं विश्वविद्यालयको सिँगो टिमनै आएर महत्वपूर्ण प्रशिक्षण दिएकोमा खुसी व्यक्त गरे ।

आर्दश मावि कुश्माकाका प्रिन्सिपल हिमबहादुर पौडेललेशिक्षाद्वारा समाज विकास र समाज परिवर्तमा टेवा पुग्ने बताए । तालिममा कुश्मा र बाग्लुङका ३५ जना प्रअ र शिक्षक गरी ४७ जनाको सहभागिता थियो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad