• Ad

Samadhan National Daily

  • Ad

मनाङ मर्स्याङ्दी क्लबलाई माथ गर्दै दमक गाेल्डकपकाे उपाधि पुलिसलाई

झापा, ३० बैशाख:

दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई शुक्रबार १–० गोल अन्तरले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो।

उपाधिसँगै पुलिसले नगद १३ लाख ११ हजार रूपैया प्राप्त गर्‍यो। मनाङले ६ लाख ११ हजार रुपैयामा चित्त बुझाउनु पर्‍यो।

मनाङले भने लगातार वर्षको दोस्रो गोल्ड कपमा पनि दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो। केहि दिनअघि इलाममा भएको माइभ्याली गोल्ड कपमा पनि मनाङ फाइनलमा थ्री स्टार क्लबसँग १–० अन्तरले नै पराजित भएको थियो।

दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा रजिन सुब्बाले गरेको गोल नै खेलको निर्णायक बनेपछि पुलिस उपाधि जित्न सफल भएको हो। रेजिनले खेल सकिन २ मिनेट बाँकी रहँदा हेडमार्फत गोल गरेका थिए ।

खेलमा अधिकांश समय बल नियन्त्रणमा राखेको पुलिसले १२ औं मिनेटमा सुमन लामाको कडा प्रहार मनाङका डिफेण्डरले क्लियर गरेका थिए।

यस्तै ३४ औं मिनेटमा कर्नर बलमा पाएको राम्रो मौका पुलिसका रेजिन सुब्बाले सदुपयोग गर्न सकेनन्।

यस्तै खेलको ७० औं मिनेटमा मनाङका खेलाडीको कडा प्रहार पुलिसका सन्तोष हेमरमले क्लियर गरेका थिए ।

खेलमा उत्कृष्टहरू

  • फाइनल खेलको म्यान अफ दि म्याच- अभिषेक रिजाल (पुलिस)
  • उत्कृष्ट रक्षक- सन्तोष हेमरम (पुलिस)
  • उत्कृष्ट मिडफिण्डर- सुजल श्रेष्ठ (मनाङ)
  • उत्कृष्ट प्रशीक्षक – अनन्तराज थापा (पुलिस)
  • उत्कृष्ट फर्वाड – रेजिन सुब्बा (पुलिस)
  • सर्वाधिक गोलकर्ता- नवयुग श्रेष्ठ (आर्मी), म्याक्स अलावाले (मदन भण्डारी स्पोर्टस् एकेडेमी) र हरि कार्की (एपिएफ)
  • सर्वोत्कृष्ट खेलाडी- किरण चेम्जोङ (पुलिस)

विधागत उपाधि विजेता खेलाडीले जनही नगद २५ हजार प्रदान गरिएको थियो।सर्वोत्कृष्ट खेलाडी किरणले टिभिएस कम्पनीको अपाचे मोटरसाईकल पाएका थिए।

दमक नगरपालिकाले आयोजनामा वैशाख १९ गतेदेखि सुरु भएको गोल्डकपमा आयोजकसहित १० टिमको सहभागिता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए।

उपाधि विजेता टिमलाई गोल्डकप समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरे।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad