• Ad

Samadhan National Daily

  • Ad

शताब्दी पुरुष सत्यमाेहन सय वर्षमा

काठमाडौं, ३० बैशाख:

शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीले आईतबार आफ्नो ९९ औ जन्मोत्सव मनाउँदै सय वर्षमा प्रवेश गरेका छन्।

९९ औं जन्मोत्सवका अवसरमा शुभकामना दिन आईतबार लतिलपुरको पाटनस्थित जोशी निवासमा उल्लेख्य संख्यामा सर्वसाधरण , शुभचिन्तक , इष्टमित्रहरु पुगेका थिए । जोशी निवासमा बिहानै देखि शुभकामना दिनेहरुको भीड लागेको छ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि उहाँको निवास पुगी जन्मदिनको शुभकामना दिए। उनले जोशीलाई दोसल्ला ओढाई सम्मानका साथ उपहार पनि दिए।

९५ वर्षकै उमेरमा सरकारले उनलाई शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो । ९९ औं जन्मदिवस मनाईरहदा आफूले अहिलेसम्म कुनै पनि औषधी प्रयोग गर्नु नपरेको भन्दै जोशीले खुसी व्यक्त गरे।

बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रुपमा वि.स. १९७७ बैशाखमा ललिपुरको बखुम्बहालमा जन्मेका सत्यमोहन जोशी संकृतिविद् र साहित्यकारका रुपमा चिनिन्छन्। उनले त्रिचन्द्र कलेजबाट स्नातक तह अध्ययन गरेका थिए। उनी २०१५ सालमा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक बनेका थिए।

तीन पटक सम्म मदन पुरस्कार पाएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक ५ , काव्य २ र कथासंग्रह ५ तथा नेवारी भाषाका करिव ५० कृति प्रकाशित छन् ।

हाम्रो लोकसंस्कृति नामक ग्रन्थ लेखेर २०१३ सालमा उनी मदन पुरस्कारबाट पुरस्कृत भएका थिए। त्यसैगरी पाँचौं शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली राष्ट्रिय मुद्रा नामक कृतिका लागि उनलाई २०१६ सालमा दोस्रो पटक पनि मदन पुरस्कार दिईएको थियो । कर्णाली लोकसंस्कृति नामक ग्रन्थमा भने उहाँलाई संयुक्त रुपमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासमा पुर्याएको योगदानको कदर स्वरुप उनले सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट र आदिकवि भानुभक्त पुरस्कार प्राप्त गरेका थिए।

उनलाई काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधीको पदक दिएको छ । नेपाल सरकारले पनि उनलाई उज्जवल कीर्तिमान राष्ट्रद्धीपले सम्मानित गरेको छ । उनी २०६९ सालमा पद्मश्री साधना सम्मानबाट पनि सम्मानित भए।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad