• Ad

Samadhan National Daily

  • Ad

कांग्रेस हार्दा ट्रेड युनियन हार्दैनः शर्मा

पाेखरा, ३१ बैशाख:

नेपाली कांग्रेस पार्टी चुनावमा हार्दा नेपाल ट्रेड युनियन कांग्रेसलाई कुनै फरक नपर्ने बताइएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं ४ का अध्यक्ष मुरारी शर्माले भने, ‘हामी कांग्रेसको शुभेच्छुक संस्था हौं’ ‘कांग्रेस पार्टीले मजदुर बिरोधी निर्णय गरे हामी मान्दैनौं’ हिजोपनि बिरोध गरेका थियौं आजपनि कुनै पार्टी र सरकारलाई छाड्दौनौं ।’

नेपाल सार्वजनिक सेवा कर्मचारी संघ जिल्ला समिति कास्कीद्वारा प्रकाशित क्यालेन्डर बिमोचन गर्दै मजदुर नेता शर्माले नेपालमा ट्रेड युनियन कर्मीहरु दोसाँधमा उभिएकाले मजदुरको अवस्था कमजोर बन्दै गएको उल्लेख गरे ।

मजदुर भनेका दुख र सुखका साथी हुन्, शर्माले भने, ‘अब हामीसँगै हिड्छौं, साथ दिनुस् ।’ उनले नेपाली कांग्रेसका नेता एक्लै चन्द्रमा पुग्ने सपना देख्नेगरेकाले हार व्यहोर्नुपरेको बताए ।

कर्मचारी संघका जिल्ला अध्यक्ष शोभाखर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेमा क्रियाशील लुम्ले कृषि अनुसन्धान परिषद कर्मचारी संघका अध्यक्ष शालिकराम देवकोटाले सरुवा बढुवा, वृद्धि विकास, तालिम र कार्यालयमा हुने दीर्घकालिन नीति निर्माणमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघले ध्यान दिनै नसकेको आरोप लगाए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले प्रतिकुल समयमा नै अनुकुल खोज्न सुझाव दिए । श्रमिकलाई गुलिया नारामात्र दिने कम्युनिस्टको सरकार बनेका बखत् चनाखो भएर नीतिगत योजनामा ध्यान दिुनपर्ने बताए ।

विचारमा धनी ट्रेड युनियन कांग्रेसलाई आम मजदुरको पूर्ण साथ रहेको उल्लेख गर्दैै जिल्ला अध्यक्ष भण्डारीले श्रमिकका अधिक हित र साच्चै आफ्नोपनमा ध्यान दिनु गर्नुपर्ने बताए । ट्रेड युनियन कांग्रेस जिल्ला सचिव रुद्र तिमिल्सिनाले मजदुरका अगुवालाई अध्ययन गरेरमात्र बोल्न सुझाव दिए ।

कार्यक्रममा नेपाल छपाइ तथा सम्वद्ध श्रमिक संघ प्रदेश नं ४ का अध्यक्ष निर्दोश डुम्रे, कर्मचारी संघका उपाध्यक्ष प्रमिला सुवेदी, जिल्ला सचिव केदार धमला, कृषि अनुसन्धान केन्द्रका लेखा प्रमुख आमोद रेग्मी लगायतले बोलेका थिए । कार्यक्रममा लुम्ले अनुसन्धान केन्द्रमा सरुवा भएर आएका आमोद रेग्मी, दुर्गा देवकोटा र दिव्या अधिकारीलाई स्वागत गरिएकोे यमप्रसाद भण्डारीले जानकारी दिए ।

नयाँ वर्षको शुभकामना सन्देश दिँदै सुरु भएको अन्तक्र्रियात्मक कार्यक्रममा दिनेशमणि लामिछाने, बोधबहादुर कुँवरले पार्टी भित्रदेखिने गुटउपगुटको अन्त्य नहुँदासम्म कुनैपनि श्रमिकले मजदुर मैत्री नीति प्राप्त गर्न नसक्ने ठोकुवा गरे ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको नियमित तेस्रो बैठक लुम्लेमा सम्पन्न गर्दै योग्य र दक्ष मजदुरलाई कार्यालयमा स्थान दिए नयाँ नेपाल निर्माणको सपना पूरा हुँदै जाने जिल्ला सचिव केदार धमलाले जानकारी दिए ।

क्यालेन्डरमा विज्ञापन, छपाई तथा अन्यमा सहयोग गर्नेलाई संघका अध्यक्ष शोभाखर भण्डारीले धन्यवाद दिएका नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका कार्यालय सचिव अनिता देवकोटाले जानकारी दिइन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad