• Ad

Samadhan National Daily

  • Ad

गति लिँदै कालीगण्डकी लोकमार्ग

पर्वत, ३१ बैशाख:

करिब २ वर्ष सम्म सुस्त अवस्थामा रहेको कालीगण्डकी लोकमार्गकोे निमार्ण कार्यले अहिले गति लिएको छ ।उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वतमा ट्रयाक खोल्ने काम सकिएको छ ।चीन–भारत जोड्ने कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वतको फलेबास ढिकदेखि कुश्मा सडक खण्डको काम यद्धस्तरमा अघि बढेको छ ।

अब कुस्मादेखि अमार्दीसम्म ट्रयाक खुल्ने तयारी छ । ‘पर्वत खण्डको काम अबको दुई वर्षमा सकिन्छ,’ योजना प्रमुख नारायण भणडारीले भने,‘कालोपत्रे बाहेक ग्राबेलीङ हुन्छ ।’

अहिले ४ वटा डोजर लगाएर काम सञ्चालन भएको छ । २२ किलोमिटर बाटो निमार्ण कार्य ठेक्कामा छ,’ उनले भने ‘अबको ३० महिनामा काम सकिन्छ ।’पहिला राष्ट्रिय गौरवको आयोजनाको सडकमा थियो ।

पछिलो २ वर्षमा क्षेत्रीय सडक आयोजना अन्तर्गत समावेश भयो । वार्षिक १० लाखले काम गर्न आर्थिक समस्या भएकाले काम सुस्त भएको उनले सुनाए । चालु वर्षदेखि फेरि यो आयोजना राष्ट्रिय आयोजनामा समेटिएको छ । काम गर्न सके अनुसार पैसा आउँछ ।

अहिले मिर्मी—सेतीबेनीको ट्रयाक लामो समयपछि खुलेको छ । मोदीबेनी, लमाएखोला, सेतीबेनीको काम धमाधम भएको छ । रानीपानी र बाच्छाबीचको पहरोमा काम भएको छ ।

‘पहरोमा सडक निमार्ण भएपछि सवारी आवगमन सहज भएको छ,‘प्रमुख भणडारीले भने ‘अब कुनै कारणमा काम रोकिन्न् ।’ उक्त सडक खण्डको काम अहिलेसम्म ५० प्रतिशत सम्पन्न भएको उनले बताए।

पर्वतको सदरमुकाम कुश्मादेखि स्याङजाको मिर्मीसम्मकोे करिब ६८ किमी सडक खण्ड अन्तर्गत फलेबासदेखि कुश्मा सम्मको २५ किलोमिटर लामो सडक क्षेत्रमा विस्तारको काम भइरहेको छ । उक्त खण्डको स्तरवृद्धि गर्न ४० करोड बजेट विनियोजन भएको छ ।

३ वटा अञ्चल, ९ वटा जिल्लाहुँदै उत्तरी छिमेकी राष्ट्र चिनको कोरला नाका जोडिएकाले यस क्षेत्रको मेरुदण्डको रुपमा यो सडकलाई हेरिएको छ ।

पर्वतलाई चिनसँग जोडन कालीगण्डकी लोकमार्गको निर्माण कार्य पूरा गरी सरकारले नाका खोल्न सके भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरु सहजै चिनबाट आयात गर्न सकिने स्थानीयले बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad