• Ad

Samadhan National Daily

  • Ad

महेन्द्रपुल आसपासका ९६ घरको शौलालय र भान्साबाट निस्केको फोहोर सिधै सेती नदीमा मिसिने

पाेखरा, २ जेठ:

महेन्द्रपुलमा पोखरा महानगरले बनाएका २ वटा सार्वजनिक शौचालय छन् । एउटामा सेफ्टी टयांकी छ भने अर्कोको फोहोर सिधैं सेतीमा मिसिन्छ ।

सेती बचाउ अभियानमा लागेका सरोकारवालाको दबाबपछि पोखरा महानगरपालिका–९ ले सेफ्टी टयांकी नभएको शौचालयमा ताल्चा लगाउनु पर्यो । ताल्चा लगाएकै २ वर्ष भइसक्यो । न त खोलिएको छ, न विकल्प नै खोजिएको छ ।

सरोकारवालाको आलोचना र विरोधपछि वडाले साँचो लगाएको पोखरा – ९का वडा सचिव लोकदर्शन कोइरालाले बताए । उनी भन्छन्, ‘२ वटामध्ये एउटाको ताल्चा मै गएर लगाएको छु, अर्कोमा त सेफ्टी टयासेफ्टी टयांकी नै छ चिन्ता भएन ।’

सार्वजनिक शौचालयमा ताल्चा लगाएपनि वडाले त्यस वरपर रहेका ९६ घरलाई नियन्त्रणमा ल्याउन सकेको छैन । ती सबै घरको चर्पी तथा ढलको फोहोर सेतीमै बिसर्जन हुन्छ ।

महेन्द्रपुल नजिकै सेती किनारमा उमावती उपाध्यायको पक्की घर छ । सबै कोठा भाडामा छन् । भाडामा बस्नेले नै हेरचाह गर्छन् त्यो घर । उनको घरको शौचालयको फोहोर सिधै सेतीमा मिसिन्छ । नजिकैकी पार्वती प्रजापतीको घरको पोहोर पानीको निकास पनि सेती नदी नै भएको छ ।

उमावती र पार्वती जस्तै त्यस वडामा भएका १ सय ४० घरमध्ये अझै पनि ९६ घरले चर्पीका लागि छुट्टै सेफ्टी खाल्डो नखनेको वडाका सचिव लोकदर्शन कोइराला स्वीकार्छन् । उनी भन्छन्, ‘केहीले हाम्रो सूचना मानेर बनाए, कसैले बनाउँदैछन्, धेरैले त अटेरी नै गरेर बनाएका छैनन् ।’

वडाले पटकपटक माइकिङ तथा सूचना गर्दैआएको छ । वडाका सबै बासिन्दालाई भेला गरेर जनचेतना फैलाउने काम पनि भइसकेको छ । तर धेरैजसोले टेरपुच्छर लगाएका छैनन् । ‘चर्पी सफा गर्ने, सेतीमा फाल्दा के हुन्छ र नफाल्दा के हुन्छ भन्ने बारेमा सडक नाटक नै देखायौं, तर भएन,’ उनले भने ।

स्थानीय चुनाव भएको १ वर्ष बितिसक्दा पनि वडाले सेती नदीमा जाने शौचालयको ढल तथा फोहोरलाई रोक्न नसक्दा वडाको टाउको दुखाइको विषय बनेको छ फोहोर । सञ्चार माध्यमबाट धेरैपटक सूचना प्रकाशित गर्दा पनि वडावासीले हेलचेक्रयाइँ गरेको कोइरालाको भनाइ थियो ।

४४ जनाको घरमा सेफ्टी टयाङ्की निर्माण भइसकेको र यसबीचमा धेरैको निर्माणाधीन अवस्था रहेकाले कतिको घरमा ट्यांकी बनिसकेको छ भन्ने यकिन नभएको उनले बताए ।

‘चिठी सबैलाई पठाएकै छौं, अब भने एकचोटी स्थलगत अनुगमनमा गएर डाटा संकलन गछौं,’ उनले भने । पत्रपत्रिकामा नाम किटेरै सूचना जारी गरिसकेको र अब कतिले माने कतिले नमानेका जानकारी लिन घरदैलोमा जाने उनको भनाइ छ ।

सेफ्टी ट्यांकी खोलेका मधये पनि सबैले घरपिच्छे खोलेका भने छैनन । सेतीनदीको डिल मै घर भएकाले ३/४ घर मिलेर एउटा टयांकी बनाएको १ स्थानीयले बताए । सबै मिलेर बनाउँदा ठाउँ पनि थोरै लाग्ने र सेतीमा फोहोर पनि नजाने उनको भनाइ थियो ।

यसरी सेती नै प्रदूषित हुनेगरी सेती नदीमा फोहोर ढल तथा चर्पीको पाइप सिधै फाल्ने घरधनीलाई भने वडाले अझैसम्म कारवाही गर्न सकेको छैन । ‘चिठी पठाउँदा यति दिनभित्र बनाउनुपर्यो भनेर भनेका छौं मान्दैनन्, के गर्नु त ?’ वडा सचिव कोइरालाले भने, ‘अहिले सामान्य रुपमा अघि बढेका छौं, एकैचोटीमा हुने कुरा होइन । होला नि विस्तारै ।’

व्यस्त बजारको छेउँमा वस्ती भएकाले घरमा घरधनी नबस्ने र बहालमा बस्ने मात्र भएकाले सम्झाउन नसकिएको कोइरालाको भनाइ छ । ‘सबै घरभाडामा मात्र बस्ने छन्, गयो घरधनी भेटिदैनन्,’ उनले भने । घरधनी समयमै नभेटिँदा पनि सेतीनदीमा फोहोर फाल्नेलाई रोक्न नसकिएको उनले बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad