• Ad

Samadhan National Daily

  • Ad

एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

पोखरा, ११ जेठ:

अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् ।

सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै एकेडेमी सञ्चालनको लागि आवश्यक सहयोग तथा प्राविधिक ज्ञान तथा सिपको लागि सहयोग गर्न आफूहरु तयार रहेको बताए । एन्फा कास्की अध्यक्ष मीलन गुरुङले सहारा एकेडेमी पोखराको गौरव भएको बताए ।

हालै निर्वाचित उपाध्यक्ष थापालाई सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष वीरभद्र आचार्यले एकेडेमीमा स्वागत गरेका थिए । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालक रहेको महासचिव विश्वराज बरालले बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • ‘तेस्रो आँखा’को प्रयोग

    बल दौडाउँदै अघि बढेका एन्टिनियो ग्रिजम्यानलाई डि–बक्सभित्र लडाइन्छ । खेलाडीहरु हात ठड्याउँदै अपिल गर्छन् । तर रेफ्रीले उनीहरुको अपिलको सुनुवाइ नगरी खेललाई अगाडि बढाउँछन् । अपिल भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)...

  • प्रदेशको नाम र पहिचान

    एक धर्म र एकल जातिको पहिचानले नेपालको राष्ट्रियताको पहिचान दिन सक्दैन । बहुल जाति, भाषा, सांस्कृति, धर्म र इतिहास नै समष्टिमा राष्ट्रिय पहिचान हो । नेपाल सबै जातजातिको फूलबारी हो...

  • मिस एसइईको ट्यालेन्ट सो सम्पन्न

    इभेन्टस् फोरयू प्रालिको आयोजना तथा सारेगम इन्टरटेन्टमेन्ट हाउसको सहकार्यमा सञ्चालन भएको मिस एसइई पोखरा पाँचौ संस्करणको ट्यालेन्ट सो भएको छ । एसइई दिएर बसेका छात्राको प्रतिभा र सौन्दर्यसँगै भविष्य निर्माण...

  • डिभोर्स माग्नेको लर्को ! न्यायिक समितिकाे टाउकाे दुखाई

    गण्डकी गाउँपालिका गोरखाकी १७ वर्षीय सुनिता र १८ वर्षीय सन्देशले २०७२ सालमा प्रेम विवाह गरे । त्यसको ३ वर्षपछि सुनिताले सम्बन्ध विच्छेदको माग गर्दै स्थानीय सरकारको न्यायिक समितिमा मुद्दा हालिन्...

Ad
Ad
Ad