• Ad

Samadhan National Daily

  • Ad

समाजले जन्माएकी आमा

पाेखरा, ३१ जेठ:

हाम्रो साेंच, चेतनास्तर, पितृसत्तात्मक सोचले हामीलाई यसरी गाँजेको छ कि सिंहले बरु मृगलाई गाँज्दा उसले खुट्टा फट्फटाउन सक्ने हैसियत राख्छ तर हामी भने चाहेर पनि त्यसो गर्न सक्दैनौं । लम्पसार हुन्छौं ।

समाजमा हुने हरेक सामाजिक घटनामा कुनै व्यक्तिमात्र भन्दा पनि सिंगो समाज त्यसप्रति उत्तरदायी हुनुपर्छ ।

ब्ल्याक होल पत्ता लगाउने वैज्ञानिक स्टेफन हकिङको गएको मार्चमा स्वर्गारोहण भयो । कालो रंगमा हुने नकरात्मक प्रभावले गर्दा हालै विश्वभर मन्टेसरीलगायतका साना स्कुले बालबालिकाको लागि यो रंगको प्रयोगमा न्यूनीकरण गरिँदै छ । नेपाली समाजमा भने कालो रंगलाई दोषमुक्त गर्ने एउटा संकेतको रुपमा लिइन्छ । त्यसैले होला बुधबार बिहान पोखरा ७ शान्तिनगर चोकमा अशान्ति पैदा गरेका १ बेवारिसे बालकको निधारमा पनि कालो रंगको टीका लगाइएको थियो । ती बालकलाई कुदृष्टिले हेर्ने नजरबाट दोषमुक्त गर्नकै लागि जानेर या नजानेर बच्चा सजिएको थियो ।

त्यतीमात्र होइन अमेरिकी मुलुकमा हुन्थ्यो भने त्यो लपेटिएको बाहिरी खोल हेर्दा त्यो बालिका हुनेथिइन् । किनकि ती मुलुकमा बालिकालाई रंगीन र सीमितताको सांकेतिक रुप गुलाबी ‘पिंक’ कलरको र बालकलाई खुल्ला र उन्मुक्तको सांकेतिक रुप नीलो कपडामा लपेटेर जन्मनासाथ आफ्न्तको जिम्मा लगाइन्छ भनेर लैगिंकताको विषयगत छलफलमा जानकारी पाएको थिएँ । तर, शान्तिनगर चोकको त्यो दृश्य न अस्पतालको थियो न त अमेरिकी मुलुकको । त्यहाँ त एउटा बेवारिसे बच्चाको सजावटको विषय थियो ।

जब बच्चा बाहिर भेटियो त्यसपछिका सामाजिक टिप्पणि सुरु भए । अनि समाजको आँखा आमा माथि खनियो । खनिन त खनियो तर यसरी खनियो कि मानौं, म आफैं आमाविहीन यो धर्तीमा जन्म लिएको हुँ । मैले कुनै आमाको मर्यादा राख्नु पर्दैन वा मेरो शाखा सन्तानमा न कुनै आमा छन् न त हुनेवाला आमा नै छन् । मलाई उदेक लाग्यो । मेरो एउटी साथी छिन् रीमा जोसँग एउटी सानी बच्ची छिन् ८/९ वर्षकी । उनको जीवन भोगाइ सुन्दा लाग्छ उनी कुनै पुरुष बिना नै कल्पना गरेर आमा बनेकी हुन् । बच्चीका बाबाको लान्छना सुन्न नसकेर उनी कुनै हकदाबी बिना नै छोरी लिएर पारपाचुके गरी छोरीलाई हुर्काउँदै समाजसँग एक्लै संघर्ष गर्दै छिन् । धेरै भोगेकी छिन् उनले, लान्छना र तिरस्कार अनि समाजले सोध्ने नानीको बाबाका बारेका टिप्पणि । तर, एक्लै बच्ची हुर्र्काउँदैमा कसैले साहसी आमाको पदवी दिनेवाला छैन । किनकि समाज तपार्इं र हामी मिलेरै नै बनेको हो । हाम्रो साेंच, चेतनास्तर, पितृसत्तात्मक सोचले हामीलाई यसरी गाँजेको छ कि सिंहले बरु मृगलाई गाँज्दा उसले खुट्टा फट्फटाउन सक्ने हैसियत राख्छ तर हामी भने चाहेर पनि त्यसो गर्न सक्दैनौं । लम्पसार हुन्छौं ।

मेरी अर्की साथी छिन् स्वस्तिका ।उनी क्रान्तिकारी अभियानमा लागेर आफ्नो ऊर्जाशील समय लगानी गरिन् । आज भएका विभिन्न परिवर्तनमा केही हिस्सा उनको अभियानको पनि हो भन्दा अत्युक्ति नहोला । यो समयको माग हो । चाहेर–नचाहेर विभिन्न कुप्रथामा आज अल्पविराम हुँदै, पूर्णविराम लागेको छ र लाग्ने प्रक्रियामा छ । स्वस्तिका आफंैमा क्रान्तिको ज्वार थिइन् । उनका स्कुलिङ सबै विद्रोह चेतले भरिपूर्ण छ । आफूलाई अन्याय लागेका कुरामा उनको विद्रोह चेत उरालिन्थ्यो । उनले समायोजन गरेर नयाँ वैवाहिक जीवन सुरु गरिन् । सामूहिक क्रान्तिकारी विवाह गरेर । विवाह पछाडिका उनले गर्ने दाइजोको विरोध ज्वलन्त भएर उभियो । उनले वैवाहिक जीवनमा धेरै सम्झौता गरेर ३ वटा भ्रूण हत्यापछि एउटी छोरी जन्माइन् । दाइजोमा उनको लालनपालनसँग पुन सम्झौता गरिन् । छोरी २ वर्ष नाघेपछि ढोगभेटको नाममा सकी–नसकी सुन र द्रव्य ल्याएर स्थापित हुने र छोरीको भविष्य सुरक्षित गर्ने बाटो रोजिन् । उनको पारिवारिक खटपट सुरु भएको त वर्षौ बितेको थियो । उनी दाइजो थोरै भएको निहुँमा फेरि अपमानित बनिन् र अठोट गरिन् छोरीको भविष्यको लागि कानुन बमोजिम हकदाबी गर्ने । उनी सम्बन्धित जिल्ला अदालत पुगिन् । त्यहाँसम्म पुग्नको लागि हिम्मत बटुल्न साहस दिनेहरु जब अंश÷मानाचामलको मुद्दा प¥यो सबै पछाडि हटे । धेरै तिरस्कार र अपमानबाट पिरोल्लिएकी उनका श्रीमानसँग उनको दबाब र तनावको लागि मात्र भेटघाट र सम्पर्क हुनथाल्यो । वर्षौदेखि बुबाविहीन छिन् छोरी । अलग बस्छन् बाबु–आमा । लामो समयको अन्तरालपछि एकदिन बाबा–आमा बीच सम्पर्क भयो । सम्बन्धविच्छेद नभएको श्रीमान् र श्रीमतिमा हुनु स्वभाविक पनि हो । आज आमा फेरि गर्भवती छिन् । उनको गर्भमा हुर्किरहेको बच्चाको लागि पटक–पटक अन्त्यको चौतर्फी दबाब नआएको होइन । तर, उनमा विद्रोह चेत फेरि पलायो । हिम्मत बोकेरै बच्चालाई सल्बलाउन दिएकी छिन् ।
मुद्दा खेपिरहेकी उनी र उनको सम्बन्धको बारेमा नकारात्मक टिप्पणि बढ्दो छ । अनि बन्ने र पोखिने उनको मातृत्व पनि ? के समाजले सहजै यो विषयलाई स्वीकार्न सक्छ ?अनि समाजलाई के जवाफ फर्काउने भनेर होमवर्क गरिरहेकी होलान् । तर, स्वस्तिका श्रीमान्बाट नै गर्भवती बनेकोमा कुनै शंका छैन । प्रविधिको युग हो समयले बताउँला ।

रीमा र स्वस्तिका त यी समाजका पात्र मात्र हुन् । कति आमा होलान् यसरी बच्चालाई एकल संरक्षण दिएर पनि सामाजिक तिरस्कारमा परेका ? म समाजशास्त्रको विद्यार्थी हुँ । समाजमा हुने हरेक सामाजिक घटनामा कुनै व्यक्तिमात्र भन्दा पनि सिंगो समाज त्यसप्रति उत्तरदायी हुनुपर्छ भन्ने सिकाई सिकेको छु । शान्तिनगरचोकको बेवारिसे बालकको प्रकृति हेर्दा पनि लाग्छ यो दुखद् घटना त हो नै । बच्चा जन्माएर यसरी बेवारिसे फाल्ने छुट कुनै आमालाई छैन । फेरिपनि आमा सदा आमा नै हुन् तर समाजले कुनै बेला आमालाई आमा बन्न दिँदैन । समाजमा आफूलाई टिकाइराख्न कठिन परिस्थितिमा आमा जरूर क्रूर बन्न पुग्छिन् । त्यस्तो अवस्थामा आमा सायद जिउँदै मरिरहेकी हुन्छिन् ।यो बच्चा फाल्ने आमालाई मात्र दोषी देख्छौं हामी । के दोष आमाको मात्र हो त ? सत्य युगमा कुन्तिले पनि कर्णलाई नदीमा बगाइन् र जिन्दगीभर दुखी रहिन् । के समाज दोषी छैन ? के पुरुष दोषी छैन ? के तपाईं अनि म दोषी छैनौ ? गीता लामिछाने र दुर्गा न्यौपानेले राखेका सामाजिक विचारको पनि मनन गर्ने हो कि ?


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • ‘तेस्रो आँखा’को प्रयोग

    बल दौडाउँदै अघि बढेका एन्टिनियो ग्रिजम्यानलाई डि–बक्सभित्र लडाइन्छ । खेलाडीहरु हात ठड्याउँदै अपिल गर्छन् । तर रेफ्रीले उनीहरुको अपिलको सुनुवाइ नगरी खेललाई अगाडि बढाउँछन् । अपिल भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)...

  • प्रदेशको नाम र पहिचान

    एक धर्म र एकल जातिको पहिचानले नेपालको राष्ट्रियताको पहिचान दिन सक्दैन । बहुल जाति, भाषा, सांस्कृति, धर्म र इतिहास नै समष्टिमा राष्ट्रिय पहिचान हो । नेपाल सबै जातजातिको फूलबारी हो...

  • मिस एसइईको ट्यालेन्ट सो सम्पन्न

    इभेन्टस् फोरयू प्रालिको आयोजना तथा सारेगम इन्टरटेन्टमेन्ट हाउसको सहकार्यमा सञ्चालन भएको मिस एसइई पोखरा पाँचौ संस्करणको ट्यालेन्ट सो भएको छ । एसइई दिएर बसेका छात्राको प्रतिभा र सौन्दर्यसँगै भविष्य निर्माण...

  • डिभोर्स माग्नेको लर्को ! न्यायिक समितिकाे टाउकाे दुखाई

    गण्डकी गाउँपालिका गोरखाकी १७ वर्षीय सुनिता र १८ वर्षीय सन्देशले २०७२ सालमा प्रेम विवाह गरे । त्यसको ३ वर्षपछि सुनिताले सम्बन्ध विच्छेदको माग गर्दै स्थानीय सरकारको न्यायिक समितिमा मुद्दा हालिन्...

Ad
Ad
Ad