Samadhan National Daily

      वल्र्डकपमा प्रयोग गरिएको टेलस्टार–१८ के हो ?

      काठमाडौं, २४ आषाढ:

      यसमा जडित चिपले गर्दा यो बल स्मार्ट फोनसँग सम्पर्क भइरहेको हुन्छ । यो बलमा चिप राख्ने प्रविधिको प्रयोग विश्वमा पहिलोपटक गरिएको हो ।

      विश्वकप २०१८ रसियामा खेलिरहेको फुटबलको नाम टेलस्टार–१८ हो । एडिडास कम्पनीद्वारा उत्पादिन यो बल ९ नोभेम्बर, २०१७ मा मस्कोमा पहिलोपटक प्रस्तुत गरिएको थियो । बलको उट्घाटन २०१४ फिफा वर्डकपमा गोल्डेन बुट विजेता खेलाडी लियोनल मेस्सीले गरेका थिए ।

      जसमा जिनेदिन जिदान, काका, एलेसेन्ड्रो डेल पियरो, जाबी एलन्सो, लुकास पोडोल्स्की जस्ता माहिर खेलाडीहरु समावेश थिए ।

      एडिडास कम्पनीले लगातार १३ औं पटक विश्वकपमा खेलिने फुटबलको डिजाइन गर्दै आएको छ । यो बलको प्रयोग पहिलोपटक फिफा क्लब वल्र्डकप सेमीफाइनल २०१७ मा अल जिरा र रियल मड्रिड बीच भएको खेलमा प्रयोग गरिएको थियो । टेलस्टार कम्युनिकेसन स्याटलाइटसँग सम्बन्धित रहेर नामकरण गरिएको हो । जसको अर्थ टेलिभिजन र स्टार भन्ने हुन्छ । फिफाले नकआउट चरणबाट टेलस्टार मेच्टा नामक बलको प्रयोग गरेको छ । जसको अर्थ रसिएन भाषामा (ड्रिम एन्ड एम्बिसन) सपना र लक्ष्य भन्ने हुन्छ ।

      सन् १९७० को विश्वकपमा नै एडिडास कम्पनीले टेलस्टार नामक यस्तै फुटबलको बनाएको थियो । त्यतिबेला श्यामश्वेत टेलिभिजनलाई लक्षित गरी यस्तो बल बनाइएको थियो । अहिको वल्र्डकपमा खेलिँदै गरिएको टेलस्टार–१८ मा नियर फिल्ड कम्युनिकेसन (एनएफसी) चिप जडान गरिएको छ ।

      यसमा नयाँ किसिमको कारकास र प्यानल प्रविधियुक्त छ । त्यसैले यो फुटबलले पहिले खेलिएको बलले भन्दा बढी पर्फमेन्स दिने बताइएको छ । यसमा जडित चिपले गर्दा यो बल स्मार्ट फोनसँग सम्पर्क भइरहेको हुन्छ । यो बलमा चिप राख्ने प्रविधिको प्रयोग विश्वमा पहिलोपटक गरिएको हो । यसमा थ्रिडी सतह रहेकाले बल सहज रूपमा नियन्त्रण गर्न सकिन्छ ।

      टेलस्टार–१८ मा किक लागेपछि यो आकाशमा निकै समय उड्छ । जसले गर्दा यसको गतिमा अन्दाज लगाउन गाह्रो हुन्छ । बलमा जडान गरिएको स्मार्ट चिपले कम्प्युटर स्क्रिनमा बलसँग सम्बन्धित गतिविधिको जानकारी उपलब्ध गराउँछ ।

      टेलस्टार– १८ फिफा विश्वकप लिग चरणको खेल अन्तर्गत फ्रान्स र अस्ट्रेलिया बीच खेल हुँदा फुटेको थियो । खेलको १९ औं मिनेटमा अस्ट्रेलिया सैन्सबरी र फ्रन्सका ग्रिजमेन बीच ट्याकल हुँदा पहिलोपटक फुटेको हो । खेलको ३४ आैं मिनेटमा फ्रान्सका डेम्बेलेले कर्नन किक हान्ने बेला दोस्रोपटक बल फुटेको थियो ।

      यसरी एउटै खेलमा २ पटक टेलस्टार– १८ बल फुटेको थियो । त्यस्तै अर्जेन्टिना र आइसल्यान्ड बीच खेल हुँदा पनि बल बिग्रेकोले खेलको बीचमा नयाँ बल ल्याइएको थियो । जुन २० मा उरुग्वे र साउदी अरबिया बीच खेल हुँदा पनि टेलस्टार– १८ बलमा प्रेसर कम भएकोले नयाँ बलको प्रयोग गरिएको थियो । यद्यफि अहिले सम्म यो बललाई प्रविधि जडित एक आधुनिक बलको रुपमा हेरिएको छ ।

      टेलस्टार– १८ फुटबल चीन र पाकिस्तानबाट उत्पादन गरिएको हो । टेलस्टार– १८ पाकिस्तानको सियालकोटमा फरवर्ड स्पोर्ट्स कम्पनीले बनाएको हो । सन् १९९४ देखि सो कम्पनीले एडिडाससँग काम गरिरहेको छ ।

      एडिडास कम्पनीका रोनाल्ड रोमारका अनुसार टेलस्टार– १८ जडित चिप एउटा नयाँ आविस्कार हो । जसले फुटबल खेललाई अझै परिस्कृत गर्नमा मद्दत गर्छ ।


      प्रतिकृया दिनुहोस्