• Ad

Samadhan National Daily

  • Ad

क्षेत्रीय बक्सिङ र टेबुल टेनिस सुरु

पाेखरा, २८ आषाढ:

पोखरा रंगशालामा क्षेत्रीय बक्सिङ र टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । सम्पन्न टेबुल टेनिस प्रतियोगितामा महिला सिंगल्सतर्फ रुपन्देहीकी स्विकृति श्रेष्ठ र अमृता थापा फाइनलमा प्रवेश गरेका छन् । खेलमा स्विकृतिले कास्कीकी कल्पना थापालाई ११–६, ११–२ र ११–४ को सोझो सेटमा पराजित गरिन् । त्यसैगरी रुपन्देहीकी अमृताले कास्कीकी शान्ति थापालाई ११–६, ११–२ र ११–५ को सोझो सेटमा नै पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

पुरुष सिंगल्स सेमिफाइनलमा रुपन्देहीका गोविन्द कौशलले बागलुङका सुमेष लामालाई ११–९, १२–१०, ६–११ र ११–७ को सेटमा पराजित गरे भने रुपन्देहीकै कपिल थापाले कास्कीका रुप गुरुङलाई ११–८, ११–८ र १२–१० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का बनाए ।

टेबल टेनिसको महिला डबल्सको सेमिफाइनलमा स्याङजाकी शेवा श्रेष्ठ र मुना थापाको जोडीले कास्कीकी शान्ति थापा र कल्पना थापाको जोडीलाई ६–११, ११–४, १३–११, ५–११ र १५–१३ को सेटमा पराजित गरे । अर्को खेलमा रुपन्देहीकी स्विकृति श्रेष्ठ र अमृता थापाको जोडीले नवलपरासीकी प्रमिशा न्यौपाने र प्रतिमा खरेललाई ११–९, ११–४ र ११–३ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे ।

पुरुष डबल्सतर्फ कास्कीका रुप गुरुङ र सुमेष लामाको जोडीले स्याङजाका दीपकराज गिरी र नवीन गुरुङको जोडीलाई ११–९, ११–६, ८–११, ११–१३ र ११–४ को सेटमा पाखा लगाए । रुपन्देहीका गोविन्द कौशल र कपिल थापाको जोडीलाई ११–१, ११–७ र ११–३ को सोझो सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरे ।

पुरुष बक्सिङतर्फ ६९ केजीमा कास्कीका सविन गुरुङले स्वर्ण पदक जितेका छन् । बागलुङका रोशन लामाले वाक ओभर दिएपछि उनले उक्त तौल समूहमा पदक जिते । ५६ केजी तौलमा कास्कीका जेनिस गुरुङ र बागलुङका राजेश श्री मगरले फाइनलमा भिडन्त गर्नेछन ।
६० केजी तौलमा कास्कीका दिनेश बानिया र नवलपरासीका छविराज बोहोराले फाइनलमा स्थान बनाएका छन् भने ६४ केजीमा कास्कीका अमृत गुरुङ कास्कीकै दीपक तिवारीसँग भिड्ने छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशलाई खेलकुद हबको रुपमा विकास गर्ने बताएकी छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरामा सुरु भएको क्षेत्रीय स्तरीय महिला–पुरुष बक्सिङ र टेबुल टेनिस प्रतियोगिताको उद्घाटन गर्दै सरकारको लक्ष्य नै प्रदेशलाई खेलकुद हबको रुपमा विकास गर्ने बताएकी हुन् ।

क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख तथा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्या मर्सानीलाई बक्सिङ गलभ्स् दिएर प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पुनले भनिन, ‘प्रदेश सरकारले प्रदेशमा एक बहुउद्देश्यीय कभर्डहल, खेलकुद एकेडेमी, क्रिकेट स्टेडियम र गल्फ खेल गरी चार वटालाई प्राथमिकतामा राखेर ठोस र योजनाबद्ध तरिकाले काम बढाइरहेको छौं ।’

आर्थिक अभावका कारण प्रतियोगिताहरुमा अन्य प्रदेशको तुलनामा गण्डकीको नतिजा खस्किएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री पुनले भनिन,‘अब त्यसो हुन नदिन योजनावद्ध तरिकाले परिणाममुखी नतिजा ल्याउन व्यवस्थापन पक्षलाई चुस्त पार्ने छौं ।’

उद्घाटन कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कावा अध्यक्ष सम्पन्न श्रेष्ठले खेलकुदमा अनुशासन महत्वपूर्ण रहेको हुनाले अनुशासनलाई प्राथमिकतामा राखेर खेलाडीलाई प्रतियोगितामा प्रतिस्पर्धा गर्न आग्रह गरे ।

क्षेत्रीय खेलकुदविकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, क्षेत्रीय खेलकुदका डम्मरबहादुर नेपाली लगायतले बोलेका थिए । असार २८ गते सम्म हुने प्रतियोगितामा ८ जिल्लाका महिला–पुरुष विभिन्न तौल समूहमा बक्सिङमा प्रतिष्पर्धा गर्नेछन भने टेबलटेनिसतर्फ १६ जिल्लाका महिला–पुरुष खेलाडी सिंगल्स, डबल्स, र मिक्स डबल्समा प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • बेगनास तालमा अर्काे लापरबाही, २ घाइते

    बेगनासतालमा लापरबाहीका कारण जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा २ जना घाइते भएका छन् । अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको हाे । मेसिनमा सवार १० जनामध्ये ८ जना सामान्य छन् ।...

  • पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दामु अधिकारीको काँधमा

    पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दामु अधिकारीको काँधमा आएको छ । शनिबार अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार अधिकारी ७ मतअन्तरले विजयी भएका हुन् । अधिकारीले १ हजार ४ सय ७८...

  • जथाभावी हैन, कानुन बनाएर मात्र कर लिन अर्थमन्त्रीकाे अाग्रह

     पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन उद्घाटनपछि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश र स्थानीय तहका सरकारलाई कानुन बनाएर मात्र नागरिकलाई कर लगाउन आग्रह गरेका छन् । ‘संघले दिएको कानुनमा...

  • मानिसहरू अरिङ्गाललाई किन मन पराउँदैनन्?

    सर्वसाधारण मानिसहरूले मौरीलाई धेरै मन पराउने तर बारुला र अरिङ्गाललाई घृणा गर्ने गरेको एउटा अध्ययनले देखाएको छ। सो अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बारुला र अरिङ्गालजस्ता कीरा पर्यावरणीय दृष्टिकोणले मौरीजत्तिकै महत्त्वपूर्ण हुने...

Ad
Ad
Ad