Samadhan National Daily

      ‘अटलबहादुरको आतंक’ प्रति दर्शकको चासो

      काठमाडौं, १० साउन:

       खगेन्द्र लामिछानेद्वारा लिखित र निर्देशित नाटक ‘अटलबहादुरको आतंक’ प्रति दर्शकले चासो देखाइरहेका छन् । पोखरा थिएटरको तेस्रो प्रस्तुतिमा सोमबारदेखि पोखराको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक हेर्न अग्रिम टिकट बुकिङ गर्ने क्रम र सो बुक गर्ने कार्य बढ्दा व्यवस्थापन गर्न मुस्किल पर्न थालेको आयोजकले बताएको छ ।

      दर्शकको आग्रहमा आउँदो शनिबार नाटकको ३ सो मञ्चन हुने छ । ३ सोमध्ये बिहान ८ बजे को सो दर्शकले बुकिङ गरेका हुन् । सोही दिनकै दिउँसो १ बजेको सो को पनि बुकिङ भइसकेको आयोजकको भनाइ छ । साँझ ५ बजेको सो को पनि अग्रिम टिकट बुकिङ गर्ने क्रम सुरु भइसकेको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए । ‘शनिबार हामीलाई धेरै नै प्रेसर छ दुई सो बुक भयसक्यो, बाँकी १ सो को लागि अग्रीम टिकट बुकिङ सुरु भइसकेको छ,’ उनले भने । शुक्रबार साढे १२ बजेसमेत बुकिङ सो देखाइन लागेको उनले बताए । दैनिक साँझ ५ बजे एक सो र शनिबार दिउँसो १ बजे अतिरिक्त सो देखाउने योजना बनाएका थिएटर सञ्चालकले दर्शकको आग्रहमा बुकिङ सो समेत देखाउन थालेका हुन् ।

      ‘अटलबहादुरको आतंक’मा कलाकार माओत्से गुरुङ, प्रकाश घिमिरे, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, गोबिन्दरमण पराजुली, वर्षाकेशव पराजुली, विभु भुषाल, बबिता मल्ल ठकुरी, विश्वराज पौडेल, अञ्जु दाहाल, सुर्य सुवेदी, सम्झना सिर्पाली, योजना पहारी, धुर्व रोका, धिरेन्द्र पुन, प्रतिक घिमिरेको अभिनय छ । नाटक हेर्न विद्यार्थीका लागि २ सय, सर्वसाधारणका लागि ३ सय र ५ सय रुपैयाँको टिकट लाग्नेछ ।


      प्रतिकृया दिनुहोस्