Samadhan National Daily

      २ वर्षमा फुटबल विकासका आधार नदेखिए राजीनामा दिन्छु : थापा

      पाेखरा, १० साउन:

      अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापा नेपाल र गण्डकी प्रदेशको फुटबलको विषयमा समाधानका संवाददाता सुरेशराज अधिकारीले गरेको कुराकानी ।

      १. एन्फामा अध्यक्ष भएपछि कुन बाटो हिड्न लाग्नु भएको छ ?
      हामीले बनाएको एजेन्डा सामूहिक नेतृत्व विकेन्द्रिकरण र फुटबल विकासलाई आधार बनाएर चुनाव लडेका हाैं र सफलता पायौँ । चुनावमा नारा लगाउनु र कार्यान्वयन गर्नुमा फरक हुन्छ । तुरुन्तै देखिने कुरा त होइन, कार्यान्वयन गर्नका लागि हामी अगाडि बढेका छौं । वर्तमान कार्यसमिति यसैको जगको उपज हो ।

      पहिला एन्फामा कुनै कमिटी/समिति हुदैन थियो । अहिले अध्यक्षले आफूलाई नि सहज र लामो समयसम्म काम गर्नको लागि टेक्निकल कमिटीको जिम्मेवारी मलाई दिनुभएको छ । यसकारणपनि ग्रासरुट, आर्थिक, विधान संयोजक लगायतका विषयमा हामी प्रतिवद्ध भएर अगाडि बढाएका छौँ ।

      फिफाले छिटो कार्याक्रम गर्न अनुरोध गरेको छ । टेक्निकलको तर्फबाट त्यो पनि तयारी भैरहेको छ । अहिलेसम्म हाम्रो उपलब्धी भनेको यो भन्दा पहिलाको नेतृत्वको समयमा विभिन्न पटक आएको पैसा फ्रिज भएर गएको छ । त्यो पैसा ल्याउन सफल भएर रौतहटमा हालिएको छ । अन्य कार्यक्रम गर्न माग गरेका छौं । अहिले पैसा पनि आएको छ ।

      ८० लाख भन्दा बढी डलर नेपालमा ७ वटा प्रदेशमा पुरुष १ र महिला १ वटा गरेर १४ वटा फुटबल एकेडमी निर्माण गर्न पुग्ने पैसा हामीलाई २ वर्षमा आउँछ । राज्य संघीयतामा गएको अवस्थामा गण्डकी प्रदेशमा हामीलाई एकेडमी निर्माण गर्ने ठाउँ दिएमा प्रदेशको पैसा खर्च गर्न पर्दैन । फिफा र एफसीको पैसाले नै बनाउन सक्छौं । २ वर्ष भित्र एकेडमीको आकार हामीले ल्याउँछौं ।

      २. तपाइले टेक्निकल पार्टमा देख्नु भएको समस्या र चुनैती के–के छन् ?
      हामी नेसनल खेलको एकेडमी निर्माण गर्न लागेका होइनाैं । यो जग मात्र हो, यसको रिजल्ट २० वर्ष पछि मात्र आउँछ । संघीयतासँगै एन्फामा पनि परिवर्तन हुन्छ । यसले निकास पायो, साफ गेममा यहाँ उत्पादन भएका खेलाडीले खेल देखाउन पाउने हुन्छन् । अहिले हामीले १२ वर्षका खेलाडि लियौं भने ७ वर्षमा १९ वर्षका हुन्छन् ।

      मेरो पाटोमा के हो भने राष्ट्रिय टिमको तयारी, महिला टिमको पुरै तयारी, १६ वर्ष भन्दा मुनिका देखि १८ र १९ वर्ष मुनिका खेलाडिको तयारी, कोचिङ शिक्षा र रेफ्रिको स्पेसल कोर्ष र वेसिक कोष पर्छ । यसमा मैले महिला–पुरुष दुबैको विकास गर्ने काम गर्ने योजना बनाएको छु । विगतमा ए, बि, सि कोर्ष गर्ने र लाइसेन्स सबै काठमाडाैं हुनेछ । अब तालिमका कार्यक्रम बनाउँदा मिति तोकेर जना तोकेर लाइसेन्सको तह तोकेर प्रदेश प्रदेशमा तोक्ने छु । प्रदेशका खेलाडि मात्र सहभागी नभई नेपाल भरीकै समावेश हुन्छन् । यसरी गर्दा विकेन्द्रिकरण हुन्छ ।

      विदेशी कोच ल्याउँदा कुन तहको कोचलाई ल्याउने र नेपालीलाई विदेश पठाउँदा कुन तहलाई पठाउने हामी निर्धारण गर्छौं । नेपालको ए लाइसेन्स ल्याएका कोचको प्रशिक्षणबाट नै डि लाइसेन्स लिनेलाई सिकाउन पाउँछन् । त्यो गर्दा विदेशीलाई नेपालमा ल्याइराख्न पर्दैन । ए लाइसेन्स भएकालाई राष्ट्रिय टिम, बि लाइसेन्स भएकालाई जुनियर टिम, सि लाइसेन्स विद्यालयमा, डि लाइसेन्स साना स्कुल तिर लैजान एन्फाले सहकार्य गर्छ । अर्को कुरा छनोट समितिमा कोचले मात्र छनोट गर्ने होइन अन्यपनि जोड्छौं । प्राविधिक समस्या छन्, प्रत्येकको समाधान गर्दै एन्फा टिम अगाडि बढ्छ ।

      ३. नेपाली खेलमा नयाँ युगको सुरुआत भयो भन्छन्, तपाइले के परिर्वतन देख्नु भएको छ ?

      हिजो भन्दा फरक हामी चाहेका छौं । बाहिर मात्र फुटबल आयो, टेक्निकल डाइरेक्टरले पनि जिम्मेवारी पाएनन्, राष्ट्रिय टिमका खेलाडि खेल खेल्न विदेश जाँदा १४ डलर भत्तामात्र लिने पद्दतिको निरुत्साहित गर्दै लैजाने छौं, हिजो वैठक बस्यो, भत्ता लियो सकियो को स्थिति थियो अव रोक्छौं ।

      अहिले आएर एन्फामा भि यस्तो रहेछ की २० वर्षमा पहिलाको नेतृत्वले चाहेमा धेरै विकास हुन्थो । तर, अहिलेसम्म जग बस्न नसकेको अवस्था छ । किनभने अहिले हामी साढे २ महिनामा नै २ वटा बैठक बस्यौ, २ वटैमा पैसा नलिएर उदाहरण पेस गरेका छौं ।

      नेपाल भन्दा २ वर्ष पछाडि भुटान आएको हो । नेपालका ३ वटा इस्च्यिुट जिर्ण अवस्थामा छन् । तर भुटानमा २० वटा बढी भइसकेको छ । भुटानको आधारमा हामीले नसक्ने कुरा भएन नी, २ वर्षमा फुटबल खेलको विकासका आधार देखिएनन् भने म राजीनामा दिन्छु ।
      किन भने त्यहाँको गोप्यनीयता मलाई अब थाहा हुने भयो, पहिला त केही थाहा हुन्थेन । अहिले हरेक विषयमा छलफल हुन्छ । भुटानका खेलाडिले फिफाबाट आएको पैसामा २५ हजार भारु तलब खान्छन् । नेपाली खेलाडिले मुस्किलले १५ हजार खान्छन् । हामीले अहिले भुटान सरह गरेका छौँ ।

      ४. भताभुंग स्थिति छ भन्नुभयो, यसमा विकासका देखाउने आधारहरु के के छन् ?
      सबैभन्दा पहिला आर्थिक सहयोगको आधार हो । यो पहिलाको जस्तो गरेर जथाभावी गर्नबाट रोक्छौं । अहिले फिफाले सबैधन्दा धेरै पैसा दिएको महिला फुटबल र ग्रासरुटलाई त्यसमा बढी पैसा छ । भुटान र इन्डोनेसियामा एसिएन खेल, साफ च्याम्प्यानसीप, लेडिज तर्फ श्रीलंकामा सम्पन्न गराउन लागेका छौं । यो अघिल्लो कार्यसमितिले तोकेको कार्याक्रम हो ।

      बिकासका कुराहरु हरेक प्रदेशसँग समन्वय गरेर जाने हो । मैदान प्रदेशले मिलाउने, बनाउने हामीले हो । अहिले कार्यादल छ, प्रदेशको कार्यासमिति आएपछि मुख्य मन्त्री नभइ प्रदेशसँग समन्वय गर्ने हो । प्रदेशले जग्गा मिलाएमा फिफाको सहयोगमा एन्फाले टेन्डर गर्छ भन्ने सुन्नु आम परिर्वतन हो । २० वर्षमा ३ वटा बनेको र हामीले २ वर्षमा १५ वटा एकेडमी बनाउँछौ भनेका हौं । अन्य तालिम लाइसेन्स लगायकता कुरा त छदै छन् । एन्फामा कार्यसमितिले सबै प्रदेशमा नै फुटबल मैदानको लागि फिफाका प्रतिनिधि बनेर ठाउँ हेर्ने हो ।

      ५. खेलाडि उत्पादन, सुबिधा, फुटबलको नयाँ युग, आर्थिक पारदर्शीता, नियमावली, कर्मचारी प्रशासन यी समस्याका समाधान र चुनौति कसरी नियाल्नु भएको छ ?
      ३२ गते चितवनमा साधारण सभा हुँदैछ । त्यसमा धेरै कुरा पास गर्ने योजनामा छौं । आर्थिक नियमावली, कर्मचारी प्रशासन नियमावली, कार्यरतलाई उपदान जस्ता विषयमा पहिलो निर्णया गछौं । भन्नासाथ तुरुन्तै रिजल्ट नआउला, तर उनीहरुलाई कति उपदान दिन सकिन्छ, पैसाको जोहोदेखि अपार्टमेन्टसम्मको टुंगो लगाउँछौं । चुनौति नभएका होइनन्, यसकोबीचमा पनि हामी हिड्नु छ । जस्तो रितेशले अपार्टमेन्ट पायो भनेपनि अपार्टमेन्टको डमी मात्र पाएको रैछ उनीहरुलाई काम र पैसा कुन आधारमा दिने । डेड करोड लिने सहमति भएको छ । ५० लाख पाएका छन् । विकासमा आएको बजेट मध्येबाट १ पैसा पनि त्यहाँ दिन मिल्दैन । विकास बजेटबाट दिए पछि बजेट आउँदैन ।

      अहिलेसम्म भैरहेका मफोसलका खेल आयोजकलाई हामीले चिठी लेखेको बायोडाटा लिएका छाैं । हामीले मोफसलमा हुने प्रतियोगिताका ग्रेडिङ गर्ने छोँ । ग्रेड अनुसार खेल खेलाउँदा सबै टिमले खेल्न पाउने हुन्छन् । काडमाडौंका टिम बढी प्रथामिकतामा छन् मोफसमाथि अन्याय भएको छ ।

      ६. राष्ट्रिय खेलाडिदेखि प्रशिक्षकसम्मको जिम्मेवारी लिनुभएको छ, अफ्ठ्यारो लागेको छैन ?

      खेलाडिले खेल्दा भन्दा कोच हुनलाई गाहे हुन्छ । कोच भन्दा यो झन् गाहे काम हो । अनुभव सबै ठाउँमा बटुल्दै हिडियो । आफू इमान्दारी र निष्पक्ष रहेमा सफल हुने ठाउँपनि हो । प्रमुख जिम्मेवारीको काम हो । प्राविधिक क्षेत्रका मानिस आशावादी धेरै छन् । आफै खाम आफैलाम आफै मात्र विदेश जाम भन्ने पक्षलाई रोक्नुपर्छ । थप जिम्मेवारीमा टिमको सहायताले सहज अनुमान गरेको छु ।

      ७. गण्डकी प्रदेशमा फुटबलको आशा तपाई माथि छ, कसरी पूरा गर्नु हुन्छ ?
      एन्फाबाट स्थापित एकेडकीको आफ्नो किसिमको रोल हुनुपर्‍यो । प्रदेश खेलकुद विकास समिति उनीहरुको पनि हिजोको महत्पूर्ण योजना छन् । क्लबलाई प्रदेशले उत्साहित गराउनु पर्‍यो । त्यसको लागि एन्फा एकेडमीबाट पनि सहयोग हुनुपर्छ । क्लबमा जिल्ला भन्दा पनि प्रदेश फुटबल संघ नजिक हुनुपर्छ । प्रदेशको अफिस पनि यही हुन्छ । जिल्ला फुटबल संघ, फुटबल क्लब र प्रदेश फुटबल संघको सहकार्यमा आशा पूरा हुनेमा विश्वस्त छु । अन्त्यमा खेल र खेलाडि सधै एउटै लाइन हुनुपर्छ भन्ने मान्यता बोकेर हिडे जस्तो चुनौतिपनि पार गरिन्छ ।


      प्रतिकृया दिनुहोस्