Samadhan National Daily

      फाइन प्रिन्ट फिभर भदौ २ गते पाेखरामा

      पाेखरा, ३० साउन:

      चर्चित पुस्तकहरु प्रकाशन गर्दै आएको फाइन प्रिन्टले यही भदौ २ गते शनिबार पोखरामा फाइनप्रिन्ट फिभर गर्दै छ । फाइन प्रिन्टले केही समयदेखि एकदिने घुम्ती साहित्य उत्सव आयोजना गर्दै आएको छ । यस्तै साहित्य उत्सव सुर्खेत, धनगढी र कोहलपुरमा भइसकेका छन् ।

      पठन संस्कृति प्रवद्र्धन र लेखक र पाठकको आत्मियता अझ प्रगाढ बनाउन उत्सव गर्न लागिएको फाइन प्रिन्टका अजित बरालले बताए । उत्सवमा फाइन प्रिन्टले २०७४ सालमा छापेका ‘महको म का लेखक मदनकृष्ण श्रेष्ठ, ‘रजगज’का लेखक हरिबहादुर थापा, ‘माङ्गेना’का लेखक युग पाठक, ‘काठमाडौंमा एक दिन’का लेखक शिवानी सिंह थारु, ‘यार’का लेखक नयनराज पाण्डे, लेखक अमर न्यौपानेसहित पोखराका लेखक, पत्रकार सहभागी हुनेछन् । उत्सव हेर्नका लागि शुल्क लाग्ने छैन ।

      सोही दिन साँझ ६ ‘अ कन्र्भससेन एन्ड मुजिकल इभिनिङ विथ मदनकृष्ण श्रेष्ठ एन्ड कन्दरा ब्यान्ड’ नाम दिइएको कार्यक्रम हुनेछ । कार्यक्रममा मदनकृष्ण श्रेष्ठसँग संवाद गरिनेछ । श्रेष्ठ र कन्दरा ब्याण्डले आफ्ना केही कालजयी गीत प्रस्तुत गर्ने छन् ।


      प्रतिकृया दिनुहोस्