• Ad

Samadhan National Daily

  • Ad

बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

मुस्ताङ, १ भाद्र:

उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् ।

जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा पहिरो र नदी कटानले सडकलाई क्षति पुर्‍याएको बेनी—जोमसोम—कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । लगातारको वर्षा र कालिगण्डकी नदीको बहाव उच्च हुँदा पहिरो गएको छ भने ठाउँठाउँमा नदी कटान भएको हो ।

आयोजना प्रमुख सुवेदीका अनुसार म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेको भीरनजिकको कुनाघाटमा कालिगण्डकी नदीको उर्लंदो भेलले करिब ५० मिटर सडक बगाएको छ । कतिपय ठाउँमा सडक भासिएको जानकारी उनले दिए । ‘पैरोथाप्ला जाने झोलुंगे पुलदेखि घाँसाको झोलुंगे पुलसम्मको दुरीमा लगाइएको तारजाली र पक्कीवालसहितको सडकमा क्षति पुर्‍याएको छ,’ उनले भने, ‘घाँसाबाट झरेपछिको पहिलो मोडको पूरै सडक नदीले बगाएको छ । सडक सुचारु गर्न समय लाग्नसक्छ ।’

आयोजना प्रमुख सुवेदीले नदी कटान र पहिरो नियन्त्रण गर्दै सडक सुचारु गर्न अहोरात्र जुटेको सुनाए । ‘मुस्ताङ प्रशासनको सहयोगमा आवश्यक थप सामग्रीका लागि विभिन्न निकायलाई अनुरोध गरेका छौं,’ उनले भने ।

करिडोरका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी वरपरको करिब सय मिटर सडकलाई कालिगण्डकी नदीको कटानले क्षति पुर्‍याएको छ । उक्त ठाउँको सडकमा आधाजसो भाग नदीले बगाएको छ । मुस्ताङको तल्लोक्षेत्र घाँसादेखि लेतेसम्मको दर्जनाैं ठाउँमा पहिरो र बाढीका कारण सडक अवरुद्ध बनेको छ ।

घरपझोङ गाउँपालिका ३ स्याङको मार्फा जाने तल्लो बस्तीमा समेत कालिगण्डकी नदीको कटानले सडक निरन्तर प्रभावित बन्दै आएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । उनले यसपटक कालिगण्डकी नदीको बहाव उच्च हुँदा करिडोर सडकका अलावा मुस्ताङका थुप्रै ठाउँमा क्षति हुन पुगेको बताए ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बेनी—जोमसोम सडक शीघ्र सुचारु गर्न पहल थालेको छ । प्रशासनले काभ्रेभीरमा ट्र्याक खुलाउन सडकमाथिको चट्टानमा फायरिङ र ब्लास्टिङका लागि सहयोग गर्न कालिगण्डकी करिडोर कार्यालय जोमसोम, म्याग्दीको घारखोलामा रहेको दि साउथ एसिया इन्फास्ट्रक्चर र नीलगिरि हाइड्रो पावर नारच्याङ लगायतलाई पत्राचार गरेको जनाएको छ ।

प्रशासनले वर्षायामा वर्षा र नदी कटानले बेनी—जोमसोम सडकमा पुर्‍याएको क्षतिबारे गृह मन्त्रालयलाई समेत जानकारी गराएको छ । बिग्रँदाे सडकको अवस्थालाई ध्यानमा राख्दै तत्कालको अवस्थामा मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई प्रतिकुल मौसमका कारण स्थलगत यात्रा गर्न कठिन हुने भएको जानकारी गराइदिन गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गरेको छ ।

निर्माणाधीन सडक लगातारको वर्षाका कारण गएको पहिरो र नदी कटानले ठाउँठाउँमा बगाउने र भाँसिने भएपछि बेनी—जोमसोम सडकमा चल्ने सवारी साधन प्रत्यक्ष प्रभावित भएका छन् । बेनीदेखि मुस्ताङसम्म ठाउँठाउँमा सवारी साधन फेरेर यात्रा गर्न पर्यटक बाध्य भएका छन् । ठाउँठाउँमा सवारी फेर्दा पर्यटकलाई साविक भाँडा भन्दा तेब्बर महँगो पर्ने पाइएको छ ।

यात्रुले पैरोथाप्लादेखि घाँसासम्म करिक ४५ मिनेटको जोखिमको बाटो हिँड्नुपर्ने बाध्यता छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • बेगनास तालमा अर्काे लापरबाही, २ घाइते

    बेगनासतालमा लापरबाहीका कारण जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा २ जना घाइते भएका छन् । अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको हाे । मेसिनमा सवार १० जनामध्ये ८ जना सामान्य छन् ।...

  • पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दामु अधिकारीको काँधमा

    पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दामु अधिकारीको काँधमा आएको छ । शनिबार अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार अधिकारी ७ मतअन्तरले विजयी भएका हुन् । अधिकारीले १ हजार ४ सय ७८...

  • जथाभावी हैन, कानुन बनाएर मात्र कर लिन अर्थमन्त्रीकाे अाग्रह

     पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन उद्घाटनपछि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश र स्थानीय तहका सरकारलाई कानुन बनाएर मात्र नागरिकलाई कर लगाउन आग्रह गरेका छन् । ‘संघले दिएको कानुनमा...

  • मानिसहरू अरिङ्गाललाई किन मन पराउँदैनन्?

    सर्वसाधारण मानिसहरूले मौरीलाई धेरै मन पराउने तर बारुला र अरिङ्गाललाई घृणा गर्ने गरेको एउटा अध्ययनले देखाएको छ। सो अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बारुला र अरिङ्गालजस्ता कीरा पर्यावरणीय दृष्टिकोणले मौरीजत्तिकै महत्त्वपूर्ण हुने...

Ad
Ad
Ad