Samadhan National Daily

      अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

      पाेखरा, ३ भाद्र:

      आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध भयो ।

      अरिथा आफ्ना लागि एक साथी र आमा जस्तै रहेको उनले बताए । डनका लागि मात्रै होइन नागरिक अधिकारको पक्षमा लागेकी र आफ्ना गीतलाई पनि मुलतः त्यसमै समर्पित गरेकी अरिथा सबैकी साथी र आमा पनि हुन् ।

      उनले गाउँदा सर्वसाधारण मात्रै होइन अमेरिकी राष्ट्रपतिको आँखामा पनि आँसु थामिदैन । अरिथाको गीत सुनेर पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा सार्वजनिक कार्यक्रममै रोएका थिए ।

      उनै अरिथाको ७६ वर्षको उमेरमा बिहीबार निधन भयो । डिट्रोइटमा रहेको घरमा निधन हुँदा उनका वरिपरी परिवारका सदस्य थिए । अरिथाको निधनपछि सबैभन्दा बढी सेयर भएको उनको एउटा गीत हो, यु मेक मि फिल लाइक अ नेचुरल वुमेन । यो गीत अरिथाले सन् १९६७ मा गायकी हुन् ।

      यहि गीत उनले सन् २०१५ मा प्रस्तुत गरेर ओबामासहित धेरैका आँखामा आँसु ल्याएकी थिइन् । केनेडी सेन्टरको सम्मान समारोहमा भएको कार्यक्रममा अरिथाले यो गीत प्रस्तुत गरेकी थिइन्, र ओबामाको आँखामा आँसु छल्किएका थिए ।

      अ नेचुरल वुमेन अरिथाको करिअरको महत्वपूर्ण समय सन् १९६० को दशकमा रेकर्ड भएका गीत मध्ये एक हो । त्यहि बेला नै अरिथाले रेस्पेक्ट, आई से अ लिटल प्रेयर तथा थिङ्कसहितका गीत रेकर्ड गराएकी थिइन् । यी गीत अरिथाका सिग्नेचर गीत बने ।

      अ नेचुरल वुमेन गीतकार कारोल किङ र गेरी गोफिन ब्रोडवेमा एक दिन हिँडिरहेका बेला जन्मिएको गीत हो । किङ र गोफिनले त्यहि बेलुका छोराछोरीलाई सुताएपछि गीत लेखे, अ नेचुरल वुमेन । अरिथालाई यहि गीतले चर्चाको सबैभन्दा माथिल्लो स्तरमा लग्यो ।

      किङ र गोफिनको लेखनीमा शक्ति थियो, तर त्यसलाई जीवन दिएको वा प्राण भरेको चाहिँ अरिथाको आवाजले हो । उनी भौतिक रुपमा बिदा भए पनि अ नेचुरल वुमेनसहितका गीत जीवित छन् र रहिरहने छन् ।

      १ महिलाले आफ्नो श्रीमानबाट आफ्नो अस्तित्व स्वीकार गरेका वा आफूलाई सम्मान दिएको अनुभव गराउने गीत हो यो । अरिथाको आवाजले यसलाई प्रेमीले दिएको मान्यताका रुपमा ट्रान्सफर्म गरेको इन्टरटेनमेन्ट राइटर टोइन ओबुसेजीले बताए । अरिथाको गायकीले यो गीतलाई गहिरो अर्थ दिएको छ ।

      बुवा (क्लेरेन्स लावाउग्हन फ््रयांकलिन) जो चर्चका पादरी थिए, उनैबाट संगीतको शिक्षा लिएकी अरिथाले सानै उमेरबाट गाउन सुरु गरिन् । अरिथाका बुवा मार्टिन लुथर किङ, जो अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् उनीसँग मिलेर नागरिक अधिकारको पक्षमा लागे । अरिथा पनि त्यसमा सामेल भइन् । त्यो भन्दाबढी अरिथाका गीत नागरिक अधिकारको आन्दोलनका नायक बने ।

      अरिथाले १४ वर्षकै उमेरमा उनले आस्थाका गीतको पहिलो एल्बम निकालिन् । त्यो बेला उनले आफ्नो पहिलो सन्तान क्लेरेन्सलाई जन्म दिइसकेकी थिइन् ।

      उनले दोस्रो सन्तानको रुपमा छोरा एडवार्डलाई १६ वर्षको हुँदा जन्माइन् । उनका सन्ताननलाई उनकी हजुर आमाले हुकाउँदै थिइन् भने अरिथाको सांगीतिक जीवन पनि परिपक्क हुँदैथियो । तीन वर्षपछि अरिथाले आफ्नो व्यवस्थापक टेड ह्वाइटसँग विवाह गरिन् । सात वर्षपछि घरेलु हिंसाको आरोपमा अरिथा र टेड छुट्टिए ।

      द क्वीन अफ सोल को रुपमा परिचित अरिथालाई सन् १९६८ मा टाइम म्यागजिनले कभर गर्ल बनायो । यसरी टाइम म्यागजिनको कभरमा आउने अरिथा दोस्रो अफ्रिकन अमेरिकन महिला थिइन् ।

      अरिथाले आफ्नो जीवनमा भोगका पीडाकै कारण अ नेचुरल वुमेनमा पीडाको गहिरो अर्थ बोकेको आवाज दिन सकेकी हुन् ।

      तीन वर्षअघि सन् २०१५ मा केनेडी सेन्टरमा त्यो गीत प्रस्तुत गर्दा अरिथा अहिले पनि त्यो उत्कृष्ट पुरुषको खोजीमा रहेको प्रष्ट हुन्थ्यो, सायद उनले आफ्नो जीवनमा पाइनन् ।

      उनलाई त्यो बेला पनि आफूलाई वास्तविक मानिसको महसुस गराउने र त्यस्तै सम्मान दिने पुरुषको खोजी रहेको देखिने ब्रोडकास्टर पउल गाम्बाकिनीले बताए ।

      यो गीत सुन्न वा बज्न थालेको पाँच दशक भयो । तर अहिले पनि महिलाले आफूलाई सम्मानित भएको महसुस गर्न सकेका छैनन्, अहिले पनि यो गीत त्यस्तै अर्थपूर्ण छ ।


      प्रतिकृया दिनुहोस्