• Ad

Samadhan National Daily

  • Ad

प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

काठमाडौं, ३ भाद्र:

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाममा देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दृढता व्यक्त गर्नुभएको छ ।

ट्विटमा लेखिएको छ, “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ…।” प्रधानमन्त्रीले नेपाली, अङ्गे्रजी, नेवारी, मैथिली र भोजपुरी भाषामा ट्विट गर्नुभएको हो । वर्तमान सरकार गत वर्ष फागुन ३ गते गठन भएको हो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • बेगनास तालमा अर्काे लापरबाही, २ घाइते

    बेगनासतालमा लापरबाहीका कारण जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा २ जना घाइते भएका छन् । अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको हाे । मेसिनमा सवार १० जनामध्ये ८ जना सामान्य छन् ।...

  • पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दामु अधिकारीको काँधमा

    पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दामु अधिकारीको काँधमा आएको छ । शनिबार अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार अधिकारी ७ मतअन्तरले विजयी भएका हुन् । अधिकारीले १ हजार ४ सय ७८...

  • जथाभावी हैन, कानुन बनाएर मात्र कर लिन अर्थमन्त्रीकाे अाग्रह

     पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन उद्घाटनपछि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश र स्थानीय तहका सरकारलाई कानुन बनाएर मात्र नागरिकलाई कर लगाउन आग्रह गरेका छन् । ‘संघले दिएको कानुनमा...

  • मानिसहरू अरिङ्गाललाई किन मन पराउँदैनन्?

    सर्वसाधारण मानिसहरूले मौरीलाई धेरै मन पराउने तर बारुला र अरिङ्गाललाई घृणा गर्ने गरेको एउटा अध्ययनले देखाएको छ। सो अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बारुला र अरिङ्गालजस्ता कीरा पर्यावरणीय दृष्टिकोणले मौरीजत्तिकै महत्त्वपूर्ण हुने...

Ad
Ad
Ad