• Ad

Samadhan National Daily

  • Ad

बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

मक्का, साउदी अरब, ३ भाद्र:

विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो ।

मुस्लिम धर्माबलम्बीहरुको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा छ दिनसम्म गर्ने परम्परा रहेको छ । “हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्माबलम्बीको सपना हो,” फ्रान्सेली हजयात्री सोलिमान बेन मोहरीले भन्नुभयो ।

“यो एउटा सर्वश्रेष्ठ र अन्तिम यात्रा हो, र यो मेरो सपना थियो, त्यही क्षण अहिले पाएको छु,” ५३ बर्षीय मोहरीले एएफपीलाई सुनाउनुभयो ।

हरेक मुस्लिम धर्माबलम्बीले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने धार्मिक विश्वास रहिआएको छ ।
हजयात्रा स्थलमा दशौँ हजार सुरक्षाकर्मी हजयात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन खटिएका छन् । हजयात्राका क्रममा भागदौडमा परी तीन वर्ष पहिले २,३०० हजयात्रीको मृत्यु भएको थियो ।

हजयात्रालाई सुरक्षित र व्यवस्थित गराउन साउदी अरबले यस पटक “स्मार्ट हज” एप बनाएर त्यस मार्फत सूचना तथा जानकारीहरु दिने प्रबन्ध मिलाएको छ । त्यस एपमा यात्रा योजनादेखि उपचारमा ध्यान दिनुपर्ने कुराहरु राखिएका छन् ।

साउदी अरबका गृहमन्त्रीले शनिबार मात्रै २० लाखभन्दा बढी हजयात्री मक्कामा आइपुगेको जानकारी दिनुभयो । हज गर्न इजिप्ट, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशबाट ठूलो संख्यामा मुस्लिम धर्माबलम्वीहरु यहाँ भेला भएको गृहमन्त्रीले बताएका छन् ।

यात्रामा रहेका अधिकांशले आइतबार मक्काबाट हजयात्रा सुरु गरी राती मीना उपत्यकामा बास बस्नेछन् । त्यहाँ आगलागीबाट जोगाउन मद्दत गर्ने टेन्टहरुमा उनीहरु रहने अधिकारीहरुको भनाई छ ।

मक्काबाट मीनासम्मको आठ किलोमिटर सडकमा हजयात्रीलाई ओसार्न हजारौं बस र अरु सवारी साधन लामबद्ध हुन्छन् । धेरै हजयात्री यो सडकमा टन्टलापुर घामको पर्वाह नगरी पैदलै हिँड्ने गर्दछन् ।

सोमबार, हजको मुख्य स्थान मीनाको माउन्ट अराफातमा उक्लिनेछन् र त्यहाँ पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्दछन् । इस्लाम अनुसार, त्यसपछि उनीहरु अराफात र मीनाको बीचतिर रहेको मुज्दालिफातर्फ लाग्छन् र त्यहाँ कम्तीमा मध्यरातसम्म बस्छन् ।

उनीहरुले इद अल–अधा पर्वको पूर्वसन्ध्यामा त्यहाँ शैतानमाथि साङ्केतिक रुपमा ढुङ्गा बर्साउँछन् । त्यसपछि हजयात्रा समाप्त हुन्छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • बेगनास तालमा अर्काे लापरबाही, २ घाइते

    बेगनासतालमा लापरबाहीका कारण जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा २ जना घाइते भएका छन् । अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको हाे । मेसिनमा सवार १० जनामध्ये ८ जना सामान्य छन् ।...

  • पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दामु अधिकारीको काँधमा

    पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दामु अधिकारीको काँधमा आएको छ । शनिबार अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार अधिकारी ७ मतअन्तरले विजयी भएका हुन् । अधिकारीले १ हजार ४ सय ७८...

  • जथाभावी हैन, कानुन बनाएर मात्र कर लिन अर्थमन्त्रीकाे अाग्रह

     पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन उद्घाटनपछि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश र स्थानीय तहका सरकारलाई कानुन बनाएर मात्र नागरिकलाई कर लगाउन आग्रह गरेका छन् । ‘संघले दिएको कानुनमा...

  • मानिसहरू अरिङ्गाललाई किन मन पराउँदैनन्?

    सर्वसाधारण मानिसहरूले मौरीलाई धेरै मन पराउने तर बारुला र अरिङ्गाललाई घृणा गर्ने गरेको एउटा अध्ययनले देखाएको छ। सो अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बारुला र अरिङ्गालजस्ता कीरा पर्यावरणीय दृष्टिकोणले मौरीजत्तिकै महत्त्वपूर्ण हुने...

Ad
Ad
Ad