Samadhan National Daily

      लेकसाइडकाे कोइला क्याफेलाई अनुगमनपछि बल्ल सञ्चालन अनुमति

      पाेखरा, ९ भाद्र:

      लेकसाइडको कोइला क्याफेलाई शुक्रबारदेखि सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ ।

      भान्छा फोहर गरेको, अनुमति पत्र नलिई लाईभ म्युजिक सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले गत आइतबार बेलुका बन्द गरेको थियो ।

      क्याफेको भान्छा, स्टोर लगायतका ठाउँमा सफा गरपछि जिल्ला प्रशासनको टोलीले अनुगमन गरेर सञ्चालनमा गर्न अनुमति दिएको खाद्य निरीक्षक भूमिका प्रधानले जानकारी दिइन् ।

      क्याफेले अहिलेसम्म लाइभ म्युजिक अनुमति बिना सञ्चालन गर्दै आएको उनले बताइन् । लाइभ म्युजिकको लागि अनुमति लिएर मात्र सञ्चालन गर्ने अनुगमन टोलीले निर्देशन दिएको छ । म्याद सकिएका र लेबल नटाँसिएका कोइलामा प्रयोगमा राखिएका ट्याम्पोरा फ्लोवर ६ प्याकेड, टिम्बुर पाउँडर १ प्याकेड, स्वयबिन २ प्याकेड, पोका पाउँडर २ प्याकेडलाई अनुगमन टोलीले नष्ट गरेको छ ।

      पोखराको बिरौटास्थित भ्याली फ्रेस हाउस एन्ड सप्लायर्समा फ्रिज गरेर राखिएको अखाद्य मासु २० किलो जफत गरिएको छ । जिल्ला प्शासन कार्यालय कास्कीबाट नै खटिएको टोलीले उक्त फ्रेस हाउसमा बिहीबार सिलबन्दी गरेको हो । अनुगमन टोलीले अन्य फोहर मासुलाई नष्ट जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


      प्रतिकृया दिनुहोस्