Samadhan National Daily

      डाक्टर अान्दाेलनतिर लाग्दा बिरामी मर्कामा

      पाेखरा, १८ भाद्र:

      भदौ १ बाट लागु भएको नयाँ संहितामा चिकित्सका लागि लागू गरिएका प्रावधान अव्यवहारिक भएको दाबीसहित हटाउन माग गर्दै आइतबार पोखराका डाक्टर आन्दोलनमा उत्रे ।

      नेपाल मेडिकल एसोसिएसन गण्डकी च्याप्टर अध्यक्ष डा. निर्मल लामिछानेका अनुसार केन्द्रको निर्देशन अनुसार आइतबार पोखराका सबै अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द रहे ।

      गण्डकी धवलागिरीका जिल्लाबाट रिफर भएर यहाँ बिरामी आउने गर्छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मनिपाल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायत यहाँका दर्जन भन्दा बढी साना ठूला अस्पताल बन्दा हुँदा बिरामी भने मर्कामा परे ।

      चिकित्सकको १ टोलीले दिउँसो १२ देखि १ बजेसम्म सिडिओ कार्यालयमा धर्नासमेत दिएको थियो । अध्यक्ष लामिछानेका अनुसार पोखराका १ सय भन्दा बढी चिकित्सकले नेपाल मेडिकल काउन्सिलको लाइसेन्स सिडिओ कार्यालयमार्फत सरकारलाई बुझाएका छन् ।


      प्रतिकृया दिनुहोस्