Samadhan National Daily

      एसियाड पदक विजेतालाई लाखकाे थैली

      पाेखरा, २१ भाद्र:

      एसियाली खेलकुद (एसियाड) मा नेपाललाई रजत पदक जिताएका प्याराग्लाइडिङ खेलाडीलाई गण्डकी प्रदेश सरकारले १-१ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

      नेपाललाई पदक दिलाउने ५ जना प्याराग्लाइडिङ खेलाडी र प्रशिक्षक तथा व्यवस्थापनलाई नगदसहित सम्मान गर्ने बुधबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

      प्याराग्लाइडर विमल अधिकारी, सुशील गुरुङ, विशाल थापा, युकेश गुरुङ र विजय गौतमलाई प्रदेश सरकारले १-१ लाख रुपैयाँले सम्मान गर्नेछ । प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र व्यवस्थापन शैलेन्द्र राउतलाई २५-२५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

      ‘नेपाललाई पदक दिलाउने खेलाडी र प्रशिक्षक तथा व्यवस्थापनकलाई नगदसहित प्रोत्साहन तथा सम्मान गर्न लागेका हौं,’ भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका प्रवक्ता बस्नेतले भने । सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयमार्फत प्रक्रिया पु¥याएर एक समारोहबीच सम्मान गरिने छ ।

      नेपालले १८ औं एसियाली खेलकुदमा अन्तर्गत प्याराग्लाइडिङ खेलाडीले पदकको खडेरीलाई पुरेका थिए । इन्डोनेसियामा भएको पुरुष क्रस क्रन्ट्रीतर्फ नेपालले रजत जितेको थियो । पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा भएको खेलामा प्याराग्लाइडिङ खेलाडीले २० वर्षपछि एसियन गेम्स (एसियाड) मा नेपाललाई रजत पदक दिलाएका थिए ।

      एसियाडमा नेपालबाट २९ खेलमा १ सय ८५ खेलाडीले सहभागिता जनाए पनि नेपालका तर्फबाट प्याराग्लाइडिङमा सहभागी पोखराका खेलाडीलेमात्र पदक जितेका हुन् ।


      प्रतिकृया दिनुहोस्