Samadhan National Daily

      प्रजु-दामु टकरावकाे छिनाफानाे अाज

      पाेखरा, ६ आश्विन:

      पाेखरा उद्याेग वाणिज्य संघको नयाँ नेतृत्व निर्वाचित गर्न अाज मतदान हुँदै छ । निर्वाचनबाट २ वर्षे कार्याकालका लागि नयाँ नेतृत्व आउने छ ।

      २०११ सालमा व्यापार संघको रुपमा स्थापना भएको संघमा निर्वाचित भएर आउने व्यक्ति २३ औं अध्यक्ष बन्ने छन् । अमृतकुमार शेरचनको अध्यक्षमा गठन भएको संघ अब विश्वशंकर पालिखे हुँदै अर्को पुस्तामा हस्तान्तरण हुँदैछ ।

      २ प्यानल संघमा वर्चश्व जमाउन चुनावी प्रतिस्पर्धामा उभिएका छन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र महासचिव दामु अधिकारी छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । दुबै प्यानलले समावेसी र व्यावसायिक समूहका रुपमा बताइरहेका छन् ।

      दुबै प्यानलले जीत हात पार्ने दाबी गर्छन् । तर, त्यसका लागि शनिबार हुने निर्वाचनकै नतिजा पर्खिनु पर्नेछ । संघमा ३ हजार ३ सयभन्दा बढी मतदाता छन् ।

      संघमा पहिलो पटक हुन लागेको विद्युतीय भोटिङ सकिएर गणना सुरु भएको डेढ घन्टामै नजिता आइसक्ने निर्वाचन समिति संयोजक तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए । मतदान गर्न जाँदा मतदाता परिचयपत्रसँगै नागरिकताको प्रमाणपत्र वा लाइसेन्स पनि लैजानुपर्ने श्रेष्ठले बताए ।


      प्रतिकृया दिनुहोस्